नाकाबन्दीमा बाहिरबाट ल्याइएका सिलिण्ड साटिदै
काठमाडौं : भारतल लगाएको अवैध नाकाबन्दीका कारण खाना पकाउने ग्यासको हाहाकार भएपछि जसले जहाँ पाइन्छ त्यहिबाट ग्यास ल्याएका थिए । राजधानी बाहिरबाट ल्याएका कतिपय ग्यासका सिलिन्डरहरु राजधानी भित्र नपाईने खालका छन् । त्यतिवेला दोब्बर मूल्यमा ग्यास किनेर समस्याको समाधान गरेका सर्वसाधरण अहिले पनि समस्यामा परेका छन् । तर, अहिले भने ग्यास नपाएर होइन की सिलिण्डर साट्न नपाएर । सोही समस्या समाधानका लागि एलपी ग्यास उद्योग संघले सिलिण्डर साट्ने अभियान चलाएको छ । आजदेखि ८ गतेसम्म विभिन्न ग्यास कम्पनीका गोदममा सिलिन्डर साट्ने सूची सार्वजनिक भइसकेको छ । विशेषगरी नाकाबन्दीका बेलामा उपत्यकामा भित्रिएका ग्यास सिलिन्डरलाई काठमाडौंमै साट्ने व्यवस्था मिलाइएको एलपी ग्यास उद्योग संघले जनाएको छ । यसका लागि कम्पनीलाई कुनै अतिरिक्त शूल्क पनि तिर्नुपर्ने छैन । नाकाबन्दीको समयमा विभिन्न जिल्लाबाट उपत्यकामा भिएका ग्यास सिलिण्डर साट्न अहिले विभिन्न विक्रेताहरुले अरिरिक्त शुल्क लिने गरेका छन् । त्यसैले उपभोक्तालाई राहत दिनका लागि सिलिन्डर साट्ने व्यवस्था गरिएको संघले जनाएको छ । शक्ति, सहारा, मेची, त्रिशक्ती, कन्काई, रिजालको भान्छा, कामख्य, प्रिमा, कोशी, नोवेल जानकी, जगदम्वा, सुपर, लियो र अम्वर ब्राण्डका ग्यास सिलिन्डर साटिनेछ । यसैगरी राप्ती, भेरी, न्युभेरी, मनकामना, आदेश, रेडियन्ट, नेपाली, नारायणी, आरती, स्वस्तिक, वुटवल पनि साटिने भएको छ । संघले सिलिण्डर खाली मात्र लिने बताएको छ । सिलिण्डरको सट्टापट्टा निःशुल्क गरिनेछ ।
प्रतिक्रिया