एनसेलका प्रमुख गैरकानुनी भिसामा काम गर्दै ३५ अर्व छल्ने दाउमा

ncell7काठमाडौं । ‘एनसेल नेपाल कै लागि भन्ने’ नाराको साथ लिएर नेपालमा जिएसएम मोवाइल सञ्चालन गरिरहेको एनसेलले २६ आसारमा दोस्रो पटक बिज्ञप्ति प्रकाशित गरि लाभकर नतिर्ने अडान लिएको छ । केहि महिना आघि एनसेलको ८० प्रतिशत शेयर लगानीकर्ता टेलियासोनेराले एक्जिएटालाई बिक्री गरेको थियो । लाभकर छल्नकै लागि विभिन्न सञ्चारमाध्यमहरुमा विज्ञप्ति प्रकाशित गरी एनसेलले नेपाली जनताको आँखामा छारो हाल्न खोजेको प्रष्ट देखिन्छ । लाभकर नतिर्ने विभिन्न बहानाहरुमध्य उक्त बिज्ञप्ति पनि एक हो ।

  बिज्ञप्तिमा एक्जियटा समूहले शेयर खरिद गर्नु आघि कर प्रशासन, कानुनविद् र सम्बद्ध अधिकारीहरुसँग परामर्श गरेको कुरा उल्लेख गरेको छ । साथै, केहि व्यक्ति र सञ्चार माध्यमले सस्तो लोकप्रियताको लागि एकोहोरो रुपमा आफै कर छली गरेको भन्दै बदनाम गराउन खोजेको उलेख छ । तर, एनसेलले भन्न सक्नुपर्छ– कुन व्यक्ति र कुन सञ्चार माध्यमले सस्तो लोकप्रियता अपनाएका हुन् । आन्तरिक राजश्व विभागले यसअघि नै एनसेलबाट जसरी भएपनि कर असुलउपर गर्ने निर्णय गरिसकेको छ ।

 तर, एनसेलको यस्तो भ्रमपूर्ण बिज्ञप्तिले झनै अन्यौल सिर्जना गरेको छ । एनसेलमा एक्जिएटाको तर्फबाट प्रवन्ध निर्देशक बनेका सिमोन पार्किन्सन वर्क परमिट नै नलिई विजनेश भिसामा बसेर अख्तियार प्रमुख लोकमानसिंह कार्कीदेखि आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणी शर्मालाई प्रभावमा पार्न तल्लिन छन् । उद्योग विभागबाट स्वीकृती नलिई विजनेश भिसामा तीन महिनादेखि एनसेलमा काम गर्दै नेपालमा चलखेल गर्दै आएका पार्किन्सनलाई एनसेलकै मिलनमणी शर्मा र सञ्जु कोइरालालगायतले लाभकर छल्न उक्साइरहेका छन् । त्यसो त, गैरकानुनी रुपमा काम गर्न पार्किन्सनलाई उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले समेत छुट दिएपछि लाभकर विवाद नटुंगिन्जेल एनसेलले पूँजी बृद्धिको प्रस्ताव पेश गरेर नेपालको कानुनलाई चुनौति दिन सफल भएको छ ।

 नेपाल दूरसञ्चार प्राधिकरणलगायतका निकायहरुले कर नतिरेको खण्डमा एनसेलका अब आउने स्किमहरु रोक्का गर्ने जनाइसकेका छन् । तर, त्यस विपरित एनसेलले ‘फोर जि’ सेवाको लाइसेन्स लिन षड्यन्त्र रचिरहेको छ । एनसेलका पार्किन्सनले प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अख्तियार प्रमुख कार्कीलाई प्रभावमा पारेको हुँदा संसदको अर्थ समितिले कर असुली गर्न निर्देशन दिंदा समेत खुलमखुल्ला कर नतिर्ने चुनौती दिंदै खण्डन विज्ञप्ति प्रकाशित गर्दै आएका छन् । झण्डै ३५ अर्व लाभकर बुझाउनु पर्ने एनसेललाई आज आन्तरिक राजश्व विभागले कस्तो कारबाही गर्छ, त्यो भने हेर्न बाँकी छ,यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ  ।

प्रतिक्रिया

सम्बन्धित