वीरमा कर्मचारी देखि डाक्टरसम्म नक्कली

birकाठमाडौं । देशभर नक्कली डाक्टरहरुको छानविन गरिरहेको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो(सिआईवी) ले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा काम गर्दै आएका डाक्टरहरुमाथि पनि छानविन गर्ने सुईको पाएपछि वीरमा खैलाबैला मच्चिएको छ । वीर अस्पताल स्रोतका अनुसार चिकित्सक मात्र नभई कर्मचारीहरुले समेत सेवा प्रवेश गर्दा पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भेटिएपछि उनीहरुको एसएलसी र आइएस्सीको सम्पूर्ण शैक्षिक प्रमाणपत्रमाथि छानविन गर्नुपर्ने माग उठेको छ । वीर अस्पतालका एक उच्च अधिकारीका अनुसार सेवा आयोग सचिव समेत रहेका लक्ष्मण अर्याल, हाड जोर्नी विभागका डा. ज्ञानेन्द्र शाह, एमडी डा. सुशील शाक्य, मेडिकल अफिसर लोचन कार्की, अर्थो विभागका डा. राजेश कुमार चौधरी, एमडी अर्थोपेडिक डा. भोजराज अधिकारी र टेक्निसियन मोहन महर्जनलगायतका कर्मचारीहरुको एसएलसी र आइएस्सीका शैक्षिक प्रमाणपत्र अनुसन्धान गर्ने हो भने नक्कली भेटिने निश्चित छ ।

त्यसैगरी विनायक अस्पताल गोंगबु र जनमैत्री अस्पताल बालाजुमा कार्यरत डा. मनोज कुमार शाहको पनि आइएस्सीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको स्रोतको भनाई छ । वीर अस्पतालका ति अधिकारी भन्छन्–‘सिआईवीको आँखा नपुगेको हो कि अनुसन्धान गर्न बाँकी हो ? वीर जस्तो मुलुककै पुरानो सरकारी अस्पतालमा कार्यरत यस्ता नक्कली प्रमाणपत्रधारी कर्मचारी देखि डाक्टहरुका कारण विरामीहरु झन विरामी पर्ने देखिन्छ ।’ त्यसो त, वीर अस्पताल आफ्नै ऐन र नियमद्धारा सञ्चालित छ । प्रतिष्ठानलाई आवश्यक पर्ने कर्मचारी प्रतिष्ठान सेवा आयोगद्धारा पदपूर्ति हुने व्यवस्था छ । सेवा आयोगले विगतमा गरेका केही विज्ञापन र नियुक्तिमा प्रतिष्ठान पदाधिकारी र सेवा आयोग पदाधिकारीको मिलेमतोमा प्रतिस्पर्धीहरुसँग पैसा लिई परिक्षार्थी पास गरेको र अयोग्य कर्मचारीलाई लिएको खुलेपछि त्यसको समेत छानविनको माग गरिएको छ । उनीहरुको उत्तर पुस्तिाका जाँच गरेमा दुधको दुधको पानीको पानी छुट्टिने छ ।

कर्मचारीहरुले २०७२/६/२७ मा विज्ञापन प्रकाशित गरी लिइएको करार दरबन्दी स्टाफ नर्स २०, ल्याव टेक्निसियन १, ल्याव एसिस्टेन्ट ४ पदमा लिइएको लिखित परिक्षामा किर्ते जालसाँझी गरी अनियमितता भएको भन्दै छानविन गर्नुपर्ने माग राखेका छन् । यसमा प्रतिष्ठानका उपकुलपति डा. गणेशबहादुर गुरुङ, डिन योहनचन्द्र शिवाकोटी, सेवा आयोग अध्यक्ष र सदस्य तथा सेवा आयोग सदस्य सचिव लक्ष्मण अर्यालको मिलेमतोमा प्रति परिक्षार्थी पाँच लाख लिई लिखित परिक्षामा फेल भएकालाई उतिर्ण गरी मौखिक परिक्षामा समेत पास गराई हाल वीर अस्पतालमा करार नियुत्ति दिई निजहरुलाई काममा लगाएको भन्दै पदाधिकारीहरुमाथि समेत कारबाही गर्नुपर्ने माग गरिएको छ । उनीहरुको संलग्नतामा उत्तर पुस्तिका परिवर्तन गरी पास गराइएकाले उक्त उत्तर पुस्तिाकाहरुको रोल नम्बर लेख्दाको अक्षर, उत्तर पुस्तिकामा परिक्षार्थीको फिङ्गर प्रिन्ट, सेवा आयोगको कम्प्युटरलगायतमा छानविन गरेमा सत्य तथ्य पत्ता लाग्ने उनीहरुको दावी छ । सदस्य सचिव अर्याल यस्ता व्यक्ति हुन, जसले बलात्कार मुद्दामा सजाय भोगिरहेका सिन्धुपाल्चोकका उद्धवप्रसाद नेपाललाई छुटाउन बलात्कार भएको समयमा अस्पतालमा भर्ना भई उपचार गराइरहेको भन्दै वीर अस्पतालको नक्कली डकुमेन्ट बनाइदिएपछि नेपालले छुट्नका लागि पुनरावेदन अदालत पाटनमा उक्त डकुमेन्ट पेश गरेका थिए । त्यतिबेला सिआईवीले बलात्कार मुद्दामा सजाय भोगिरहेका व्यक्तिलाई कीर्ते कागजात बनाएर छुटाउन खोजेको भन्दै वीर अस्पतालका अर्याल सहित रेडियोग्राफर कृष्णप्रसाद तिमल्सिना, इमरजेन्सी नर्स राजेशकुमार कार्की र नेपालका ससुरा रामप्रसाद पराजुली भन्ने केदारनाथ पराजुलीलाई पक्राउ गरि मुद्दा चलाएको थियो । अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाल भने विगत दुई वर्षदेखि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा कैद सजाय भोगिरहेका छन् । तर, मतियार वीर अस्पतालका मेडिकल रेकडर तथा प्रतिष्ठान सेवा अयोगका सचिव अर्याल भने छाती फुलाएर नियम विपरित वीरमा काम गर्न थालिसकेका छन् । अर्याललाई वीरका उपकुलपति डा. गणेश गुरुङ र डिन योहनचन्द्र शिवाकोटीले नियम विपरित हाजिर गराई काममा लगाइएपछि बलात्कृत महिलाले कस्तो न्याय पाउलिन ? यसरी बलात्कारीलाई छुटाउन खोज्ने अर्याल जस्ता कर्मचारीहरु मुद्दा नटुंगिएकै अवस्थामा वीर जस्तो गरिव र असाहारा वर्गको उपचार हुने एक मात्र पुरानो सरकारी अस्पतालमा काम गर्न थालेपछि बलात्कृत महिलाको पीडाको उपचार अब कसरी संभव होला ? वीरकै कर्मचारीहरु प्रश्न गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित