परराष्ट्रमन्त्री राणा र क्यानाडाली विदेशमन्त्री जोलीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र क्यानाडाली विदेशमन्त्री मेलानी जोलीबीच बुधबार क्यानाडाको ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ । सो वार्ताका क्रममा नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको छ ।

क्यानाडाली विदेशमन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा राणा क्यानाडा पुगेकी हुन् । 

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा राणाले नेपालमा क्यानाडाको राजदूताबास स्थापनाका लागि क्यानाडा सरकारलाई आग्रह गरेकी थिइन् । उनले अध्ययनका लागि क्यानाडा जाने नेपाली विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै क्यानाडाले नेपालमा दूताबास स्थापना गर्न अनुरोध गरेकी थिइन् ।

क्यानाडाली विदेशमन्त्री जोलीले क्यानाडेली पेन्सन फण्डका माध्यमबाट नेपालमा आवश्यक सहयोग गर्न क्यानाडा सरकार तयार रहेको बताउदै नेपालमा दूताबास स्थापनाको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएकी थिइन् ।
 

प्रतिक्रिया

सम्बन्धित

संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली

संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम (फोटो फिचर)

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम (फोटो फिचर)

संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्छ- प्रधानमन्त्री ओली

संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्छ- प्रधानमन्त्री …

संविधान लामो र सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण उपलब्धि हो- देउवा

संविधान लामो र सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण उपलब्धि हो- देउवा

संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज हो- सभामुख घिमिरे

संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज हो- सभाम…

संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज हो- सभामुख घिमिरे

संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज हो- सभाम…

संविधानले सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गरेको छ- राष्ट्रपति पौडेल

संविधानले सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गरेको छ- राष्ट्रपति पौडेल

आज संबिधान दिवस, विभिन्न कार्यक्रम आयोजना गरेर मनाइदै

आज संबिधान दिवस, विभिन्न कार्यक्रम आयोजना गरेर मनाइदै