विचार गर्दैछु : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछिको राजनीतिक परिस्थितिका बारेमा आफूले विचार गरिरहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट बाहिरिने क्रममा उनले माओवादीले बुझाएको पत्र प्राप्त भएको बताउँदै त्यससम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने बारेमा विचार गरिरहेको बताएका हुन् । माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराएपछि प्रधानमन्त्री ओलीले सरकारमा सहभागी मन्त्रीसँग अनौपचारिक छलफल गरेका थिए । यस्तै उपप्रधानमन्त्री भीम रावलले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा गरेको निर्णय दुई दलबीच भएको १४ बुँदे सहमतिको उल्लङ्घन भएको बताए । उनले राजनीतिक स्थायित्व प्रदान गर्ने र संविधान कार्यान्वयन गर्ने विषयमा पछिल्लो राजनीतिक घटनाक्रमले राम्रो नगरेको उल्लेख गरे ।
प्रतिक्रिया