नीलो बर्दीले कमजोरी सहँदैन : आईजीपी अर्याल

IGP-Aryalचितवन : नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक(आईजीपी) उपेन्द्रकान्त अर्यालले कानुनी राजमा अपराधी उम्कन नसक्ने बताएका छन् । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आज आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालिम १६४ औंँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आईजीपी अर्यालले नीलो बर्दीले कमजोरी सहन नसक्ने बताए । प्रहरी कहिल्यै पनि सामाजिक त्रास र भ्रष्ट व्यक्तिको संरक्षक नहुने भन्दै समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रतिबद्ध भएर लाग्न दीक्षित प्रहरीलाई निर्देशन समेत दिए । कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मीले प्रहरी र अनुसन्धानले गर्ने काम फरक भए पनि मिलेर गर्नुपर्ने बताए । विसं २०७२ साउन १७ गतेदेखि तालिम लिएका ४१ महिला सहित ५९२ जना आज दीक्षित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित