अखिल (क्रान्तिकारी) भक्तपुर जिल्लाको १७ औँ सम्मेलन सम्पन्


भक्तपुर । 

अखिल (क्रान्तिकारी)भक्तपुर जिल्लाको १७ औँ सम्मेलन सम्पन्न भएको छ । नेकपा (माओबादी केन्द्र) का केन्द्रिय सदस्य एबम् भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापतीको प्रमुख आतिथ्यतामा सम्पन्न १७ औ जिल्ला सम्मेलनले सुमन माझीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिती सर्वसम्मत निर्वाचित गरेको हो । भक्तपुर बहुमुखी क्याम्पसमा बिशेष कार्यक्रमका साथ सम्पन्न सम्मेलनलले उपाध्यक्षमा छिरिड लामा, पुष्पराज अधिकारी र जोर बहादुर रोकाया चयन गरेको छ भने सचिबमा अन्जित तामाड, सहसचिबमा देबेन्द्र न्यौपाने र कोषाध्यक्षमा सुनगाभा मगर निर्बाचित भएका छन् । 


कार्यक्रममा माओबादी केन्द्रका केन्द्रीय सदस्य प्रतिमा श्रेष्ठ , केन्द्रीय सदस्य डि. पि ढकाल, भक्तपुर जिल्ला अध्यक्ष सुनिल गोठे बासु , भक्तपुर जिल्ला सचिब दिलकृष्ण तज , वाईसीएल नेपालका भक्तपुर जिल्ला इन्चार्ज नरेश रन्जित , अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी)का बागमती प्रदेश अध्यक्ष मिलन लामा लगाएतका नेता एबम् कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।   

प्रतिक्रिया

सम्बन्धित