सटरमा ताल्चा नै नलगाई भागे औषधी पसलेहरु

anugaman_22jSOLLEDZकाठमाडौं : सरकारले आइतबार क्षेत्रपाटी वरपरका मेडिकल र औषधी पसलहरुमा अनुगमन शुरु गर्दा औषधी पसलेहरुको भागाभागन नै मच्चिएको छ । आपूर्ति मन्त्री गणेशमान पुनसहितको टोली अनुगमनमा पुगेपछि औषधी पसल सञ्चालकहरुको भागाभाग भएको हो। भाग्ने कतिपय मेडिकल र औंषधी पसलले सटरमा ताल्चा पनि लगाएका छैनन्। क्षेत्रपाटीको इखापुखु मेडिसिन सप्लायर्स, रितेस फार्मेसी, बजगाईं मेडिसिनले अनुगमन टोली देखेपछि पसलमा सटर लगाएर भागेका हुन्। अनुगमन टोलीले इखापुखु मेडिसिन सप्लायर्स र बजगाईं मेडिसिन सप्लायर्समा पनि सिलबन्दी गरेको छ। पसलको सटरमा २४ घण्टाभित्र उपस्थित हुन आदेश सहितको सूचना टाँसेको छ। अनुगमन टोलीले शुभम् फर्मा सेल्समा अनुगमन गर्दा औषधीभरी धुलो जमेको फोहोरमा औषधी राखेको र व्यवसाय अनुमतिपत्र नवीकरण नगरेको पाइएको छ। औषधी व्यवस्था बिभाग, आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभाग र औषधीसँग सम्बन्धित वज्ञ टोली सम्मिलित अनुगमन टोलीले औषधी पसल सञ्चालकलाई ३ दिनभित्र नवीकरण गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

सम्बन्धित