हङकङबाट नेपालमा अबैध धन्दा चलाउने गिरोह
हङकङ एनआरएनका सदस्य समेत रहेका धर्म गुरुङ र एमबी गुरुङले अबैध हुण्डीको कारोबारको सञ्जाल विस्तार गरी काम गर्दै आइरहेको बुझिएको छ ।
यो समूहले हुण्डीको अलवा सुन, रक्तचन्दन र यार्सागुम्बाको कारोबार पनि गर्दै आइरहेको छ । हङकङबाट नेपाल आउने यात्रुहरुलाई विमानस्थलमै जबर्जस्ती सुनका टुक्रा भिडाएर यो समूहले सुन तस्करी गर्दै आइरहेको सूचना पाएपछि काठमाडौं विमानस्थलका प्रहरीले पछिल्लो समय निगरानी गर्न थालेका छन् ।
हङकङबाट नेपालमा सुन तस्करी र हुण्डीको कारोबार गर्ने यो गिरोहले नेपालबाट हङकङमा रक्तचन्दन र यार्सागुम्बाको तस्करी गर्दै आइरहेको समेत खुलेको छ,यूनाइटेड पोष्ट साप्ताहिकमा समाचार छ ।
प्रतिक्रिया