काँग्रेसले गणतन्त्र विरोधीलाई सहयोग गरेको प्रचण्डको आरोप

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रविरोधीहरु अहिले पनि सलबलाइरहेको आरोप लगाएका छन् ।

चितवन क्षेत्र नं ३ अन्तर्गत भरतपुर महानगरपालिका वडा नं २६ ज्योतिनगर बजारमा आज वामगठबन्धनले आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले नेपाली काँग्रेसले आफ्नो उम्मेदवार नउठाई गणतन्त्रविरोधीलाई सहयोग गरेको आरोप लगाए ।

शान्ति सम्झौताको जीवित हस्ताक्षरकर्ता आफू भएको बताउँदै अध्यक्ष प्रचण्डले संविधान निर्माण तथा कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेलेकाले आफ्नो जित सुनिश्चित रहेको जिकिर गरे । “नेपाली जनताको समृद्धिको प्रत्याभूति दिलाउन वाम गठबन्धन गरिएको हो, धेरै साना दलले देशको विकास हुँदैन”, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित