वीन वीनका ‘नटवरलाल’लाई कहिले हुन्छ कारबाही ?

yamrajकाठमाडौं । विभिन्न जिल्लाहरूमा उजुरी परेपछि भाग्दै हिँडेका वीन वीन नेटवर्किङका मालिक यमराज तामाङ आजकाल नाम बदलेर हिंड्न बाध्य भएका छन् । आफूविरुद्ध उजुरी पर्नुका साथै पीडितहरूले पैसा माग्न खोजी गर्दै हिँडेपछि यमराज लुकेर हिँड्न बाध्य भएका हुन् । उनी अहिले कसैको सम्पर्कमा छैनन् । हालै काठमाडौं उपत्यकामा भित्रिएका यमराजले २/४ वटा फेक नाम राखेर गतिविधि गर्दै आएका छन् ।

 विशेष गरेर काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, गोरखा, कास्की, रुपन्देही, कपिलवस्तु, दाङलगायतका जिल्लामा पुगेर नेटवर्किङमार्फत ठगी गर्दै आएका यमराजलाई प्रहरीले खोजी सुरू गरेको छ ।राजनीतिक र प्रशासनिक संरक्षणमा रहेका यमराजलाई प्रहरी प्रशासनले पनि कारबाही गर्न चासो नदिएको आरोप लागेको छ ।

  भारतमा संस्था दर्ता गराएर नेपालमा ठगी गर्दै आएका यमराजले नेटवर्किङको ठगी धन्दामा नायक दिलिप रायमाझी, सुमन सिंह, दिनेश शर्मा, निर्देशक दिनेश डिसी, गायक खुमन अधिकारीलगायतलाई प्रयोग गरेर ठगी गर्दै आएको स्रोतले जनाएको छ ।यामराजबाट फुटेर गएका दाङ जिल्लाको लमही नगरपालिका ५ का केशव चौधरीले पनि अलग नेटवर्किङ धन्दा चलाइरहेका छन् ।

  पाँच वर्षभन्दा बढी समयदेखि यो समूहले हज्जारौं सर्वसाधारणलाई ठगी गर्दै आएको छ । यसअघि यमराज (जसलाई यम लामाका नामले पनि चिनिन्छ) उनी बी एण्ड बीमा कार्यरत थिए,यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ  । त्यहाँबाट फुटेर यमराजले वीन वीन ट्रेडमार्क प्रालि भारतमा दर्ता गराएका हुन् । आफ्ना पुराना सबै साथीहरूलाई चक्मा दिएर यमराजले ठूलो ठगी धन्दा चलाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित