पहिरोमा पुरिएर एकै परिवारका ५ सहित ८ को मृत्यु

[caption id="attachment_22819" align="alignleft" width="275"]फाइल तस्विर फाइल तस्विर[/caption]

प्यूठानः अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर गएराति प्यूठानमा एकै परिवारका ५ सहित ८ जनाको जनाको मृत्यु भएको छ । जिल्ला प्रहरीका कार्यालयका अनुसार गएराति प्युठानको रजवारामा ५ जना र पूजा गाविसमा ३ जनाको घटनास्थलमै पुरिएर ज्यान गएको हो। पहिरोले घर पुरिँदा प्यूठानको रजवारा गाविस वडा नं.३ नेटाका दुर्गबहादुर मल्ल, उनको श्रीमती सीता, छोरीहरु सुशिला, लेखा र सिर्जनाको घटना स्थलमै मृत्यु भएको हो । छिमेकीको घरमा बस्न गएका छोरा बसन्त र अर्का एक छोरी भने सकुसल रहेका छन् । त्यस्तै पूँजा गाविस वडा नं. ३ बाग्लीवाङ्गमा हुमबहादुर सुनार उनको श्रीमती र ७ वषिर्य छोरीको मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्यूठान प्रहरी प्रमुख रञ्जित सिंह राठौर, नेपाल रेडक्रलस सोसाइटी लगायतको टोली अहिले विहानै रजवारा घटना स्थल पुगेको छ । घटना स्थल प्यूठान जिल्ला सदरमुकामबाट १७ कोष टाढा पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित