होला त सिक्टा सिंचाइको ठेकेदार कम्पनिलाई कारबाही ?

Sikta-Nahar-Damageसांसदहरुद्धारा सांसदलाई नै कारबाही गर्न माग काठमाडौं सांसदहरुले राष्ट्रिय गौरवको सिक्टा सिचाईं आयोजनाको नहर औपचारिक रुपमा सञ्चालनमा नआउँदै भत्किएपछि ठेकेदार कम्पनिलाई कारबाही गर्न माग गरेका छन् । सोमबार बसेको संसद बैठकमा विशेष र शून्य समयमा बोल्दै सांसदहरूले सिक्टा सिंचाइ आयोजनामा अनियमितता भएको आशंका गर्दै त्यसको छानविन गर्नुपर्ने माग गरेका हुन् । सांसद देवराज भाट लगायतले नहरको भत्किएको घटनालाई सामान्य रुपमा लिन नहुने भन्दै केन्द्रबाटै छानविन र अनुसन्धान गर्न माग गरे । उनले दोषीलाई कारबाही गर्न मागसमेत गरे । आयोजना प्रमुखलाई तत्काल निलम्बन गरेर बाँध भत्किएकोमा छानविन गर्नुपर्ने भन्दै उनले कालिका कन्सट्रक्सनको अनियमितताले गर्दा सिक्टा सिंचाइमा ठूलो अनियमितता भएको पनि दावी गरे । कालिका कन्सट्रक्सनले सिक्टा सिंचाइ आयोजना निर्माणका लागि टेण्डर पाएको थियो । तर, सिंचाइ आयोजना कार्यान्वयनमा ल्याउनु अघि नै भत्किएपछि भ्रष्टाचार भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । कालिका कन्सट्रक्सन राप्रपाका सांसद बिक्रम पाण्डेको हो । संसद बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले उच्च जोखिममा रहेका गाउँबस्तीहरूको पहिचान गरेर जनतालाई सुरक्षित स्थानमा सार्न माग गरिन् । सरकारले कृषकलाई रासायनिक मल दिन नसकेको र महिला बलात्कारका घटना नरोकिएको भन्दै उनले ध्यानाकर्षण समेत गराइन् । दाङ जिल्लामा ३५ जना महिला बलात्कृत भएको तथ्यांक प्रस्तुत गर्दै सांसद देवकोटाले महिला हिंसाका पीडितले उजुरी दिँदा पनि दोषीलाई कारबाही हुन सकेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित