कबाडीको व्यापारदेखि गल्ली- गल्लीका पार्किङबाट पैसा उठाउँछन् मनाङ्गे

mnewकाठमाडौं । प्रहरीले संगठित अपराधको मुद्दा लगाइने बताएका डन दीपक मनाङ्गेको ठमेलमा कबाडी सामानको व्यापारदेखि गल्ली गल्लीका पार्किङसम्म दबदबा रहँदै आएको छ । ठमेलका भित्री गल्लीहरुमा मनाङगेले सहयोगी परिचालन गरी अबैध रुपमा पार्किङ खडा गरी रकम उठाउँदै आएको प्रहरीको भनाइ छ ।  मनाङ्गेको वीरगञ्जमा ट्रान्सपोर्टको व्यवसाय समेत छन् ।

   ठमेलको सेफ स्टार होटेलमा मनाङ्गेको ५६ करोडको लगानी छ भने  नुवाकोटको ककनीमा मनाङगेले ७८ रोपनी जग्जा श्रीमती पासाङ डोमा गुरुङको नाममा किनेका छन्, । जसको मुल्य ३ करोड रहेको छ। ठमेलमा नियोन पब, गोगो बार र क्लव डाइनेस्टीमा पनि मनाङगेले नै सञ्चाल गर्दै आएका छन् ।  फेवा गाँउबेसी र पोखरा दोहोरीसाँझमा पनि मनाङगेको लगानी रहेको छ ।

  मनाङगेको हेटौडा क्रसर उद्योग र नवलपरासी जडिबुटी उद्योगमा पनि  लगानी  छ । उनले अधिकाँश टेन्डरका काम सहयोगी उमेश लामामार्फत गर्दै आएका छन् । दरबारमार्गको प्रहरी भवन पनि मनाङगेले उमेश लामाको फर्म प्रयोग गरी बनाएका हुन ।

  मनाङ्गे सहयोगी सहित बिहीबार राति ठमेलको एक रेष्टुराँबाट पक्राउ परेका हुन  । काठमाडौं प्रहरी परिसरका एसएसपी विक्रम सिंह थापाका अनुसार केही ब्यक्तीसँग फिरौती उठाएको र संगठित गुन्डागर्दीको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित