एनसेलमा करोडौं भ्रष्टाचार, कर छलीको नालिबेली

काnceelठमाडौं ।  नेपाल सरकारलाई करिव दश अर्व रुपैयाँ कर दाखिला गरी पुँजीगत लाभकार तिर्नु नपर्ने अडान लिंदै आएको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको मुख्य लगानीकर्ता एक्जियटाले गैरकानुनी कारोबार गरी ३३ अर्व लाभकर छल्न खोजेको छ । एनसेलले लाभकर टेलियासोनेराले तिर्नु पर्ने उल्लेख गरेको र एनसेल रेनोल्ड होल्डिङ लिमिटेडको मातहतमा रहेको उलेख छ ।  बिभिन्न मितिमा एनसेलद्वारा प्रकाशित बिज्ञप्तिहरुमा एनसेल टेलियासोनेराको एउटा हिस्सा भएको पनि उल्लेख थियो । तर, एकाएक अहिले आएर नेपालका मिडियाहरु क्याम्पेन गरेकै भरमा एनसेल यो कुरा मान्न तयार छैन ।  कम्पनी रजिष्ट्रारको कार्यालयमा हेर्ने हो भने कम्पनी रेनोल्ड होल्डिङको नाममा दर्ता भएको र त्यसको स्वामित्व टेलियासोनेराले लिएको देखिन्छ । बिगतमा एनसेल रेनोल्ड होल्डिङको माध्यमबाट टेलियासोनेरामा आबद्द थियो ।  अहिले भने एक्जिएटामा आबद्द छ ।

  आजका मितिसम्म पनि टेलियासोनेराका विश्वासिलापात्र मिथात ओराल र इन्ग्रिड बोललगायत अन्य धेरै बिदेशीहरु एनसेल मै आबद्ध भई दैनिक कामकारबाही गरिरहेको एनसेल स्रोत बताउँछ । एक्जिएटाले प्रकुप्मेन्ट विभागको जिम्मा लिंदै आएकी इन्ग्रिड बोललाई केही दिन अघि भ्रष्टाचार गरेको र सहयोग नगरेको अभियोगमा हटाएको स्रोतको भनाई छ ।  यस विषयमा एनसेलमा मिडिया हेर्ने तथा प्रवक्ता मिलनमणी शर्मासँग कुरा गर्दा म पछि फोन गर्छु भन्दै उनले कुनै जानकारी नै दिन मानेनन् । शर्मा र कर्पोरेट संबाद बिभाग निर्देशक सञ्जु कोइराला यस्ता व्यक्ति हुन् जसले नेपालमा जन्मिएर विदेशीको हण्डी खाई नेपाललाई नै तिर्नुपर्ने एनसेलको अरबौं लाभकर मिनाहा गराउन मिडिया क्याम्पेन गर्दै आएका छन् ।

 त्यसो त ओरालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की देखि राजनीतिक दलका उच्च नेताहरुलाई भेटेर लाभकरको विषयमा धेरै नपेल्न आग्रह गर्दै आएका छन् । एनसेलले करोडौं रुपैयाँ प्रशासनदेखि नेतासम्मलाई खर्च गरेर लाभकर छल्न खोजेको पनि प्रष्ट देखि सकिएको छ । यतिसम्मकी नेपाली कांग्रेसकै नेताहरुले एनसेल वहिस्कार अभियान चलाउन थालेपछि नेपाल विद्यार्थी संघको कार्यक्रमको खर्च पनि एनसेलले व्यहोर्न थालेको छ ।  नेपालमा एनसेलका मानव संसाधन विभागका निर्देशक ओरालको महत्वपूर्ण भूमिका कहाँ देखिन्छ भन्ने कुरा खोज्न कहि कतै जानु पर्दैन ।

   ओरालले एनसेलका तत्कालिन कार्यकारी प्रमुख एरिम टाईलानलर, फाइनान्स निर्देशक कारोलिना बुगैअन र टेक्निकल बिभागका उप निर्देशक नेस्रिन सेर्मिनलाई नेपालबाट भगाई नेपालमा रहेका सरसामान बिभिन्न माध्यमबाट अन्तराष्ट्रिय बिमानस्थल हुँदै उनीहरुको देशमा पठाउन भूमिका खेलेका थिए । ओराल, शर्मा र कोइरालाकै योजनामा एनसेलले लाभकर तिर्नु नपर्ने र रेनोल्ड होल्डिङ लिमिटेडको पुरै सेयर एक्जिएटा इन्भेष्टमेन्टलाई बिक्री भएको भन्ने उल्लेख गरेर कर छल्ने नया नाटक मञ्चन गरिदैं आएको छ ।

  नेपालमा कम्पनी दर्ता गरेर मुनाफा कमाई अरुलाई बेचेर कर नतिर्नु कति सम्म न्यायसंगत हुन्छ रु एनसेलमा टेलियासोनेरा स्विडेनले नै प्रत्यक्ष नियन्त्रण गर्ने र प्रभावकारी व्यवस्थापनको लागि सिइयो नियुक्ति लगायतका व्यवस्थापन सम्बन्धी उच्च पदस्थ कर्मचारी खटाउने गरेको र उनीहरुको पारिश्रमीक पनि हेड अफिसबाट नै भुक्तानी हुने गरेकोले टेलियासोनेरा स्विडेन नेपालको आयकर ऐन २०५८ अनुसार गैर बासिन्दा व्यक्तिको नेपालमा रहेको स्थायी संस्थापन हुन जान्छ ।  यस्तो स्थायी संस्थापनलाई नेपालको आयकर ऐन २०५८ ले नेपालको बासिन्दा व्यक्ति भनी परिभाषित गरेकोले आयकर ऐन २०५८ अनुसार बासिन्दा व्यक्ति सरह नै कर तिर्नु पर्ने हुन्छ । तर, टेलियासोनेराका कर्मचारीलाई नेपालबाट भगाएर कर छल्न उन्मुक्ति दिइएपछि र मिडियामा कर छलीका समाचार रोकिन थालेपछि अहिले आएर यो विवादले सबैलाई अन्यौलमा पारेको छ ।

   यतिखेर आन्तरिक राजश्व विभागका महानिर्देशक चुँडामणी शर्मा भने पूँजीगत लाभकरको विषयमा खरिदकर्ता एक्जिएटाको समर्थनमा बोल्न थालेका छन् । पूँजीगत लाभकर तिर्नुपर्ने दायित्व एनसेलको अर्थात एक्जिएटाको भएपनि नेपालबाट हिंडिसकेको टेलियासोनेराले तिर्नुपर्ने समय अझै बाँकी रहेको भन्दै बचाउ गर्न थालेपछि उनले पनि एनसेलको हण्डी खाएको प्रष्ट देखिएको छ । असार मसान्तभित्र बुझाउनु पर्ने ३३ अर्व लाभकरलाई हाल कानुनको जटिलता र विवाद देखाएर पछाडि धकेल्ने खेल खेलिसकेको एनसेल स्रोत बताउँछ । कानुन बमोजिम आफ्नो विवरण र कर दाखिला गर्नुपर्नेमा एनसेलले टेलियासोनेराप्रति दोष थोपरेर ३३ अर्व लाभकर छल्न खोजिरहेको छ । र, त्यसलाई समर्थन गरिरहेका छन् महानिर्देशक शर्मा ।  एनसेलले अग्रिम कर कट्टीवापत सरकारलाई ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ कर तिरेको थियो ।

  एनसेलले अग्रिम कर कट्टी गरी १५ प्रतिशत रकम बुझाएको हो । बुझाउनुपर्ने २५ प्रतिशत रकममध्येको बाँकी १० प्रतिशत रकम भने बिक्रेता टेलियासोनेराबाट असुल गराउने नाममा एक्जिएटालाई उन्मुक्ति दिन लागिएको छ ।  कम्पनीले तिर्नुपर्ने लाभकरको विषयमा कर विवादमा तनिएको एनसेलका केही कर्मचारीहरु भने यतिबेला स्वार्थपूर्ति गर्न लागि परेका छन् । एनसेलमा समान खरिद विक्रीमा हुँदै आएको ठूलो चलखेलका बारेमा एनसेल व्यवस्थापन भने थाहा पाएर पनि अनभिज्ञ भएर बसेको छ ।

  करोडौं मूल्यका दुरसञ्चार उपकरण बिक्री गर्ने भनेर विभिन्न पत्र पत्रिकामा सूचना प्रकाशित भएकोमा बिक्री शाखाका कर्मचारीको मिलेमतोमा आफ्नो स्वार्थ अनुसार लाभ हुनेगरी कवाडीको मूल्यमा बिक्री गरिरहेका छन् ।  केही समय अघि श्री इन्टरप्राइजेजका बानियाँ थरका एक ब्यापारीले एक करोड ६४ लाख बराबरका समान उठाएर पैसा भुक्तानी समेत नगरेको रहस्य खुलेको छ ।

  एनसेलमा यति ठूलो भष्टाचार हुँदा समेत एनसेल व्यवस्थापन यो बिषयमा किन अनभिज्ञ बनिरहेको छ रु कवाडी बेचबिखनलाई एनसेलका केही कर्मचारीले आफ्नो व्यापार झैं बनाएका छन् । ब्यापारी छनोट गर्ने कर्मचारीले कमिसन पाउने गरेको खरिद शाखाका एक कर्मचारी बताउँछन् । केही समय अघि मात्रै कम्पनीबाट बिदा भएका एक कर्मचारीका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि एनसेलको लाभकर विवादमा कानमा तेल हालेर बसेका कारण एनसेलले भित्र जति ठूलो भ्रष्टाचार भए पनि कतैबाट पनि छानविन हुँदैन । - यूनाइटेड पोष्ट साप्ताहिकबाट -

प्रतिक्रिया

सम्बन्धित