गण्डकी सांसद गौचनको निधन

पोखरा । 

गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ। डेंगु संक्रम भएपछि काठमाडौंको ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी  सांसद  गौचनको हृदयघातका कारण  निधन भएको प्रदेश सांसद तथा पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन्।  गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो।

उनको केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो। म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन्। 

प्रतिक्रिया

सम्बन्धित