सफाई अभियन्तालाई चिन्तित बनाउने यो पल .....


भक्तपुर ।
बिगत लामो समय देखि भक्तपुर लगाएत देशैभर संचालित बिभिन्न सफाई अभियानमा संक्रियताका साथ लाग्नु भएका सफाई अभियन्ता एबम् स्वच्छ हावा सन्जाल भक्तपुरका अध्यक्ष नबराज काफ्ले सामाजिक संजालमा लेख्छन् :

" वातावरण प्रदुषण बढोत्तरीमा प्रहरी प्रशासनको मुकदर्शक्ताका विच  भक्तपुर नगरपालिकाको ज्यादती

आज ०८१ कार्तिक २८, बुधबार,अपरान्ह १ : ३५ बजे म सल्लाघारीबाट एक संस्थाले आयोजित गरेको पत्रकार सम्मेलनका लागि सुर्यविनायक तर्फ मोटरसाईकल सवार भैरहदा भक्तपुर नगरपालिका स्थित सल्लाघारी तिनकुनेको मध्य सडकको विचमा प्लास्टिक सहित फोहोर बालिएको कारण उत्पन्न धुवाँ मुस्लो देँखे, सो स्थानसँगै प्रहरी बिट पनि विद्यमान थियोे ,प्रहरीलाई सोधपुछ गर्दा भक्तपुर नगरपालिकाका  कर्मचारीबाट सो कार्य भएको र आफू अनभिज्ञ रहेको पाईयो, तत्काल प्रहरीको सहयोगमा प्रहरीले पिउन राखिएको पानीको मद्दतले आगो निभाई वातावरण  प्रदुषणबाट उत्पन्न थप जोखिमलाई न्यूनीकरण गर्ने एउटा  सहयोगी भुमिकाको जिम्मेवारी पूरा गरियो ।
भक्तपुर नगरपालिकाबाट खटाईएका कर्मचारीसँग सोधपुछ गर्दा आफुले निर्देशित भुमिकामा सो कार्य गरेको जानकारी गराउनु भयो । वातावरण प्रदुषण गराउने विषयमा 
Burning Factor को पनि मुख्य भुमिका रहन्छ भन्ने कुरा भक्तपुर नगरपालिका वा खटाईएका कर्मचारीले नबुझेका हुन वा मैले जे गर्दा पनि सर्वस्वीकार्य रहनुपर्छ भन्ने सोच .....
यसको विश्लेषण तपाईं पाठकको हातमा , स्मरण रहोस,एक वर्ष अगाडि भक्तपुर जिल्ला विश्वकै पहिलो प्रदुषण युक्त शहरको रुपमा विश्व मानचित्रमा प्रतिबिम्बित थियो ।
जनस्वास्थ्यको दमनमाथी सरोकारवालाहरुको विशेष ध्यानाकर्षण रहोस् ।
जनप्रतिनिधिय कुर्सीमा  बसेर जिवन अस्तित्वमा खेलबाड गर्ने छुट कसैलाई पनि छैन,चेतना भया,,
आगो निभाउनु हुने जनसेवक प्रहरी मित्रलाई विशेष धन्यवाद ।
 

प्रतिक्रिया

सम्बन्धित