दिल्लीबाट छोटे डनको काठमाडौंमा निर्देशन

samir and radheकाठमाडौं । डन कुमार श्रेष्ठ ‘घैंटे’ मारिएपछि उनका उत्तराधिकारीका रुपमा चर्चित छोटे डन समिरमानसिंह बस्नेत प्रहरी इन्काउन्टरमा मारिने डरले दिल्ली पलाएन भए पनि उनले उताबाटै आफ्नो धन्दा जारी राखेका छन् । केही दिन अघि महानगरिय अपराध महाशाखाले टोले गुण्डा भन्दै कारबाही गरेका जसवन्त राई समिरका सहयोगी रहेको खुलिसकेको छ । यसअघि बस्नेतले महाशाखाको टोलीलाई आक्रमण गर्न खटाएका साजन गुरुङ र उनका सहयोगी कारजोन गुरुङलाई महाशाखाले पक्राउ गरेको थियो ।

 त्यतिबेला प्रहरीमाथि आक्रमण गर्ने योजना उनीहरुले बनाएको टेलिफोन रेकर्ड तथा एसएमएसहरु प्रहरीले फेला पारेको थियो । घैंटेका मुख्य सहयोगी तथा प्रहरी इन्काउन्टरमै मारिएका दिनेश अधिकारी ‘चरी’ का दुस्मन बस्नेतले राधे भण्डारीलाई यतिखेर टेण्डरमा हुने असुलीदेखि हप्ता असुली र विभिन्न आपराधिक कृयाकलापमा संलग्न गराएको महाशाखा स्रोत बताउ“छ । डेढ महिना अघि डिल्लीबजार कारागारबाट छुटेका भण्डारीले धादिङका अधिकांश निर्माणका टेण्डरबाट चरीकै सहयोगी दाप्पा भन्ने सुर्यबहादुर गुरुङलाई हातमा लिएर करोडौं उठाएको रेकर्ड पनि महाशाखाले फेला पारेको छ । राधेले धादिङमा एकलौटी गर्न लागेपछि गुरुङ राधे विरुद्ध लाग्दा उनीहरुबीच झगडा नगर्ने सहमति भएको पनि बताइएको छ । चरिमाथि गोली हानेको मुद्दामा सजाय भोगी कारागारबाट छुटेका राधेले सहयोगि शिव खड्कालाई पनि परिचालन गरी प्रहरी भित्र गुप्तचरी गरेर बस्नेतलाई सूचना पु-याउने गरेको पनि महाशाखाले जानकारी पाएको एक प्रहरी अधिकारीले बताए । केही समय अघि कांग्रेस नेता खुमबहादुर खड्का दिल्लीमा रहँदा  बस्नेतले खड्कामार्फत मुद्दा मिलाउन प्रहरी अधिकारीहरुलाई दबाब दिएका थिए,यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ  ।

    तर, प्रहरीले बस्नेतका कृयाकलापलाई गोप्य रुपमा निगरानी गर्दा प्रहरी माथि नै आक्रमण गर्न बेला बेलामा भाडाका सुटरहरु परिचालन गरेको अनुसन्धानका क्रममा खुलेपछि प्रहरी बस्नेत विरुद्ध झन आक्रमक बनेको बताइन्छ । बस्नेतले नेपाल आउन नसक्ने अवस्था देखेपछि बाफलमा रहेको घर एक करोड पचास लाखमा बेचिसकेको र अमेरिका पलायन हुन खोजेको प्रहरी स्रोत बताउँछ छ ।

प्रतिक्रिया

सम्बन्धित