सैनिक रथीसहित उच्च अधिकारीको पैसा मिटरब्याजमा चलाउने मिश्र पक्राउ

sanisaकाठमाडौं । नेपाल प्रहरीका हाकिमहरुको पैसा  मिटरब्याजमा चलाउने बिरेन्द्रलाल श्रेष्ठ कुनै नौलो नाम होइन ।उनीसँग बहालवाला  डिअाइजी समेत कारोबार गरी फसिसकेका छन् ।  बिरेन्द्रलाल श्रेष्ठको भन्दा फरक शैलीमा नेपाल सेनाका उच्च अधिकारी,डाक्टर,एजुकेसन कन्सलटेन्सीका संचालक , एनजिओका बिभिन्न ब्यक्तिलाई आकर्शक ब्याजको प्रलोभन देखाइ झन्डै ८० करोड ठगेको अभियोगमा ओमकार ग्रुप अफ कम्पनीका संचालक सनिश मिश्रलाई महानगरिय प्रहरी परिसर टेकुले पक्राउ गरी अनुसन्धान थालेको छ  ।

 ५० भन्दा बढीको उजुरी आएपछि उनलाई मंगलबार  परिसरले पक्राउ गरेको हो  नयाँ मिटरब्याज धन्दावालाको रुपमा देखापरेका मिश्रले बिनाधितो तथा धितोमा सर्वसुलभ ऋण लगानी गर्ने भन्दै ठग्न सफल भएको एक पीडितले बताए  ।

 एक लाखको दैनिक एक हजारका दरले मासिक ३० हजार अर्थात् ३६० प्रतिशत ब्याजमा सहजै पैसा लिने  र घर–जग्गा बिक्रीको बैनाबापत कागज गराएर उनले  धेरैलाई घर न घाटको बनाएका हुन  । ओमकारको नाममा २०  वटा कम्पनीहरु संचालनमा रहेको पाइएको छ ।

   हाइड्रो पावर, एजुकेशन देखी रिएल स्टेटसम्म लगानी गर्ने नाममा उनले उक्त रकम उठाउन सफल भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । नेपाली सेनाका अबकाशप्राप्त रथी नेपाल भुषण चन्दको ८० लाख र सेनाकै केही  बहालवाला कर्णेलको २ करोड रकम   बढी ब्याज दिने बहानामा उनले ठग्न सफल भएका हुन ।

प्रतिक्रिया

सम्बन्धित