सिआईबीको क्वाक अपरेसनलाई डा.केसीको समर्थन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग राखेर पुन: चर्चामा आएका डाक्टर गोबिन्द केसीले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरबिरुद्द थालेको क्वाक अपरेसनको समर्थन गरेका छन् ।
एक अनलाइनले अहिले निकै धेरै संख्यामा डाक्टरको सर्टिफिकेट नै नक्कली भेटिएको छ । यसलाई कसरी हेर्नुभएको छ ? भन्ने प्रश्नको उत्तर दिँदै केसीले भनेका छन् -'यो राम्रो कुरा हो । पहिलादेखि नै छानविन हुनुपथ्र्यो । तर निरन्तर हुनुपर्यो । एकपटक ह्वात्त आएर मात्रै हुँदैन । पहिला लाइसेन्स लिने बेलामा ‘सर्टिफिकेट भेरिफिकेसन’ भनेर कति पैसा पनि तिर्नुपर्ने हुन्छ रे । त्यसबेला ‘भेरिफिकेसन’ गरेको भए अहिले झन्झट हुँदैनथ्यो । अर्को कुरा, यो काम मेडिकल काउन्सिलको हो । सीआईबीले कारवाही गर्न लागेको छ । गर्नुपर्ने काम गरेको छ ठिकै छ । तर, मेडिकल काउन्सिलले नगर्दा अर्कोले गर्नुपर्ने अवस्था आयो ।'
प्रतिक्रिया