भारततीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी ६ दिने भ्रमणका लागि नेपालमा
काठमाडौं .
भारततीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी ६ दिने भ्रमणका लागि नेपाल आइपुगेका छन् ।
सेनाध्यक्ष द्विवेदी नेपाली सेनाको मानार्थ प्रधानसेनापति महारथीको पदवी लिन र नेपाल–भारत शान्ति सुरक्षालगायतका विषयमा छलफल गर्न नेपाल आएको जनाइएको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।
स्थल सेनाध्यक्ष द्विवेदीलाई भोलि राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधानसेनापति महारथीको फुलि लगाउने कार्यक्रम रहेको छ ।
उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री डा। आरजु राणाका साथै नेपाली समकक्षी प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग भेट्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया