निरन्तर घट्न थाल्यो काठमाडौंको तापक्रम

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार दिनदेखि लगातार घटिरहेको छ । यस क्रममा उपत्यकाको न्यूनतम तापक्रमले आज रेकर्ड तोडेको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे जारी गरेको तापक्रम विवरणअनुसार काठमाडौँ उपत्यकाकोे न्यूनतम तापक्रम ९ डिग्री सेल्सियसमा झरेको हो । यो काठमाडौँ उपत्यकाका लागि यस वर्षको आजसम्मकै कम न्यूनतम तापक्रम हो । 

अहिले देशभर नै तापक्रम घटिरहेको छ भने चिसो बढिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित