डोलेश्वर मन्दिर योग साधना केन्द्रको अध्यक्षमा वस्नेत

भक्तपुर
पातञ्जल योग समति नेपाल,डोलेश्वर मन्दिर योग साधना केन्द्रको अध्यक्षमा धर्मराज बस्नेत सर्वसम्मत भएका छन् । सूर्यविनायक नगरपालिका वडा नं ८ को डोलेश्वर मन्दिर परिसरमा नियमित साधनारत योगसाधकरु विचबाट बस्नेत सर्वसम्मत चयन भएका हुन । त्यसैगरि उपाध्यक्ष जयराम वस्नेत,सचिव ज्योति थापा,उपसचिव रामचन्द्र सुकुपायो,कोषाध्यक्ष पार्वती अधिकारी,सदस्यहरु उषा वस्नेत,विम्रता लोहनी,निलम खड्का,पार्वती श्रेष्ठ,कृष्ण अधिकारी रहेका छन् ।
साधना केन्द्रको संरक्षकमा सोहि वडाका वडाध्यक्ष पुष्पराज वस्नेतलाई चयन गरिएको छ भने सल्लाहकारमा डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका महासचिव हरिशरण वस्नेत,दामोदर भट्टाराई र गोमा थापालाई चयन गरिएको पातञ्जल योग समिति जिल्ला शाखा भक्तपुरका अध्यक्ष उमेशमान मधिकर्मीले जानकारी गराएका छन् ।
२०८१ मसिंर १ गतेबाट शुभारम्भ भएको ७ दिने योग शिविरलाई समापन गर्दै पातञ्जल योग समिति नेपालका राष्टिय अध्यक्ष बालमुकुन्द सुवालको प्रमुख अतिथ्यतामा साधना केन्द्र उद्घाटन गरि साधना केन्द्र व्यवस्थापन समिति गठन गरिएको पातञ्जल योग समिति नेपालका उपाध्यक्ष एवं संगठन विभाग प्रमुख केशव न्यौपानेले अवगत गराए ।
डोलेश्वर महादेव संरक्षण तथा विकास समिति एवं पातञ्जल योग समिति नेपाल जिल्ला शाखा भक्तपुरको ब्यानरमा साधना केन्द्र सञ्चालन गर्दै आगामी मसिंर १७ गते बाट १ महिने प्रारम्भिक योग प्रशिक्षण तालिमको थालनी गर्ने योजना तय गरिएको पातञ्जल योग समिति जिल्ला शाखा भक्तपुरका सचिव रिता पाख्रीनले अवगत गराएकी छिन् ।
सो कार्यक्रममा पातञ्जल योग समिति नेपालका वरिष्ठ उपाध्यक्ष नबराज काफ्ले,महिला उपाध्यक्ष श्रृजनामल्ल ठकुरी,उपाध्यक्ष योग प्रसाद आचार्य,कोषाध्यक्ष गीता प्रसाद नेपाल,सचिव शुसिला श्रेष्ठ,केन्द्रिय सल्लाहकार राममणी न्यौपाने,केन्द्रिय सदस्य राममणी न्यौपाने,सुर्वण हमाल,बालकृष्ण प्रधान,मेनुका प्रधान,केन्द्रिय महिला विभाग सदस्य इन्दु लम्साल,आजीवन सदस्य प्रज्ञा न्यौपाने,जिल्ला महिला उपाध्यक्ष मनिषा भुजु,चाँगुनगर समितिका अध्यक्ष भगवती चौलागाई,फसिन्टार योग साधना केन्द्रका अध्यक्ष आस्था धमाला,शुभकामना सामुहिक योग साधना केन्द्रका अध्यक्ष कृष्णप्यारी सुवाल,योग प्रशिक्षक चित्रा केसी लगायतको उपस्थिति रहेको थियो ।

आजको मौसम : देशका पहाडी भूभागका चट्याङ्गसहित वर्षाको सम्भावना
_W8QOkFo7gR_xcziiggy1mvdde4pu7przgsfjxcom5yhhiaixcblui9gy6k4z9wl16uu16f7_FNWSk4VYOx_l2jjh7pbzbhoxhonbmsmvspino7rz1wwk5bry43obtbcy7xauwsd66rywgec.jpg)
मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै
%2520(1)_sVEf8TA7QT_b5b1w5lr4j8emdsfexlp8dcesv8xfzjj1c4kblqqsskmedaksg7mje8six0p_tiY7RURjxG_fnac0hufbbio5pqax2yrpmmfgrs4fpehmnp4lsinxjr73w16zwuxowvesw6s.jpg)
सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
_CFTBqhIJUX_patxejnuv40mokmh51lliolvlmmzxrllxp4zjjzhv3nogjinlzzbyuqynyax_mfUsQg2iCg_wwxyh9eoab9m8opvoklwvnvnvtuwnxxmkc4x7az5ddvffffbuxdbvmaq7tlt.jpg)
यो संविधान कुनै व्यक्तिले दिएको होइन : प्रधानमन्त्री

मौसम पूर्वानुमान : तीन प्रदेशमा वर्षाको सम्भावना
_dAQ8FYTC0u_r3he5yl2zwhqwv2aqb23aahqajt0pbxl0tut3hvrdnlinxr8n9vqmfp3euds_TcZby88a04_x3rjbtv2zfe6pv0wtdlhre8yjcj9d7yfcddpasfstaxx3rqudjzpihdmpxba.jpg)
काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत, समर्थकले लगाए चर्का नारा
%2520(11)_ISoOo4IqGT_ciyrnxl7qpkkz2rkdpswc5zuqfmfqazbdhzvt1u6xf4o4uibek4nkpiwkrh4_upPwU6CnVX_fpzujijnremenjht6uufva8aqs7bhm2yy6wo0q6v63b4usape39i6vop4go8.jpg)
चीनको शेन्जेन क्षेत्रमा रोबोटिक्स क्रान्ति
%2520(2)_Eewmb59cgN_uqom5jfdvlhyd78olb4tgdjqjuggd20ypysr6vvyxeeyjabylxaipbwuaedp_x8jhYbpWTb_4pqefy8zhyctrpxyvfgr2nuby3qzyc1qrbzmsmeakhd67torjiinepgc0h86.jpg)
प्रतिक्रिया