धरहराबाट एनपिएलको ट्रफी सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक गरिएको छ । सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र ८ टिमका मार्की खेलाडीले धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।

ट्रफीमा कालापथ्थरबाट ल्याइएको ढुंगा प्रयोग गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए। पर्वतारोही निमा शेर्पा र मिङ्मा शेर्पाले कालापथ्थरबाट ढुंगा ल्याएको खड्का जानकारी दिए । प्रधानमन्त्री ओलीले नेपाल खेलकुदका लागि महत्त्वपूर्ण दिन रहेको जनाउँदै एनपिएलले खेलकुदमा‌ नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गरे । उनले क्रिकेट युवा पुस्ताको सपना बनेको बताए  ।

 अनावरणमा प्रधानमन्त्री ओलीसहित खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का सहभागी थिए ।

 पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ ।

 एनपीएलमा ८ फेन्चाइज टोलीले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित