विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम

काठमाडौँ ,
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निर्धारित समयमा उडान नभएर अलपत्र परेका यात्रुलाई गन्तव्यमा लगिएको जनाएको छ ।
सेवासुविधाको माग गर्दै निगमका विमान चालक (पाइलट) ले बिदामा बसेर विरोध जनाएपछि आइतबार निगमको विभिन्न गन्तव्यका करिब आधा दर्जन उडान प्रभावित भएका थिए । उडान अवरुद्ध हुँदा विभिन्न गन्तव्यमा जाने सयौँ यात्रु समस्यामा परेका थिए । भारतको नयाँ दिल्ली, मुम्बई, दुबईलगायत गन्तव्यमा उडानहरू प्रभावित भएको निगमले जनाएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार पाइलटको असहयोगका कारण उडान अवरुद्ध हुँदा काठमाडौँमा रोकिएका यात्रुलाई गन्तव्यमा लगिएको जनाएको छ । यात्रुलाई आइतबार राति मुम्बई र आज बिहान दुबई लगिएको छ ।
उहाँले पाइलटको मागका सम्बन्धमा निगम व्यवस्थापन गम्भीर रहेको, यस सम्बन्धमा तालुक मन्त्रालय र अर्थ मन्त्रालयसँग आवश्यक समन्वय तथा छलफल भइरहेकाले छिट्टै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
निगममा कार्यरतमध्ये केही क्याप्टेनले यही मङ्सिर ६ गतेदेखि ‘सिक रिपोर्ट’ र ‘अर्जेन्ट वर्क रिपोर्ट’ गर्दै आएकामा मङ्सिर ८ गते शनिबारदेखि उडानमा प्रभाव देखिन थालेको थियो । निगममा रहेका ४३ क्याप्टेनमध्ये आठ जनाले विरोध जनाएको बुझिएको छ । निगमको अन्तर्राष्ट्रिय उडानमा दुई वाइडबडी र दुई न्यारोबडी विमान छन् । निगमका पाइलटहरूको सेवासुविधा सम्बन्धमा निगम व्यवस्थापनका तर्फबाट विभिन्न चरणमा अद्यावधिक जानकारी गराइएको र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत अर्थमन्त्रालयमा प्रक्रियामै रहेको निगमले उल्लेख जनाएको छ ।
निगमको उडानमा पर्न गएको असरले आर्थिक नोक्सानी मात्र नभई निगमको साख र इज्जतमा समेत नकारात्मक प्रभाव परेको भन्दै यसलाई व्यवस्थापनले गम्भीर रुपमा लिएको निगमको अपरेसन्स विभागका कामु निर्देशक दीपुराज ज्वारचनद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ । निगमलाई पर्ने आर्थिकलगायत सम्पूर्ण नोक्सानीको सम्बन्धमा नियमानुसार हुने जनाउँदै सम्पूर्ण विमानचालकलाई आ–आफ्नो रोस्टरअनुसार उडान सञ्चालन गर्न सूचित गरिएको छ । रासस

सरकारलाई जिम्मेवार बनाउन संसदको भूमिका अझ प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति
_IyeWsGNAA6_ujx6z0lucftbnf4idn9resd4j1ynt7wykzluc3m3hywmm4efdges8zdq18zj_pADo4WSUPm_2ntdycvrkxdbkm2oesnfddim0lucwlkvk2p0n1prf5tnb2q6b3gu0fnu3fdu.jpg)
खाली हुँदै गाउँ, नष्ट हुँदै प्राचीन सांस्कृतिक सम्पदाहरू
_SGdaILZAd7_j5xloa29y39jjkwqfnco5hyynnrvf9uzi8prdrw8wveuokek7ttvtsrprycg_CCGwQqNXkG_xnxeeaz0uvqvkoqakdtur9uyn6yw2pczcjw8spsvtwiy13pqukehkiuta75t.jpg)
२१ लाख ९२ हजारको सामन सहित ट्रक प्रहरी नियन्त्रणमा
_9B5oxfNfgJ_z949evufblggfowa0qrbusigwe0urgogjeuabuqpqerdd8zovjjprkfysjlw_i9SVVhQRC0_qn9usmd2ybqbfk3mni8pc3gvde1akblecj01lh5xz3tjk7z8xlp1wgwkfsol.jpeg)
लिटिल वडका विद्यार्थीको मार्मिक र सन्देशमुलक प्रस्तुतिहरूले खिच्यो अभिभावकको ध्य…

हिमाल एकेडेमीको २१ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न
_0w3FTcvmKD_5g9zijy4eriaz4ru1d5eld5fcj7qfknvslss3bbybzgoogzbbh6sfhjbtipx_ig9kftAZvM_vagzm7gpeptjmk2uuu11k4up9krumnxdo2q00ypp80mkzvlvvlqhfpohydwz.jpg)
रामेछापमा ३५ सहकारी सम्पर्कविहीन, ३५ लाख सरकारी अनुदान गायब
_emc33Nm9DP_sz7blskl7cgopybhkkkixmqkygg3zo4w4gpklked7bwlvptytlb0gsctrrih_xcCY7ugfVL_cmjq3mowq4ptkqmlayuqmymp8axfxalgjabegoaa3sbe2y3n7ldmrfjswoj4.jpg)
तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्नु : अर्थमन्त्री
%2520(1)%2520(2)_SjZwzmEz10_8x3byu3yoxhd3vfw4xn0lulq0ybaxipauhcmiaphus7on4ldrdmjsmimjcba_p5mVR8VqLN_wymrtvloy8q2bgqtgvgaxljipasbui7whkvuzdal6192rjsjucngra9lcvha.jpg)
प्रतिक्रिया