अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउन डा. केसीको माग

dr kcकाठमाडौं : विभिन्न माग राखेर पटक–पटक आमरण अनसन बस्दै आएका त्रिवि शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा. गोविन्द केसी पुनः अनसन बस्ने भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने लगायतका माग गर्दै डा. केसीले पुनः अमरण अनसनको घोषणा गरेका छन् । उनले आफ्ना मागहरु पूरा नभए यही असार २६ गतेदेखि अमरण अनसन बस्ने घोषणा गरेका हुन् । केसीले यस अघि सात पटकसम् मेडिकल शिक्षा क्षेत्रमा सुधारको माग गरी अमरण अनसन बसीसकेका छन् । ‘प्रमुख आयुक्तले भ्रष्टहरुलाई संरक्षण दिए, कार्यक्षेत्र नाघेर केयूको प्रवेश परीक्षामा हस्तक्षेप गरे त्यसैले तत्कालि संसदले उनीमाथि महाअभियोगको प्रक्रिया अघि बढाओस्,’ केसीले भने–‘मतियारको रुपमा काम गर्ने अन्य सम्बन्धित आयुक्तहरुलाई पनि कारवाही गरियोस् ।’ डा. केसीले चिकित्सा शिक्षा ऐनको मस्यौदामा पाँच वटा सुधार गरेर संसदको यही अधिवेशनबाट पारित गर्न, माथेमा प्रतिवेदनको सुझाव विपरित काठमाडौंमा खोल्न प्रस्तावित प्रतिष्ठान सम्बन्धि संसदमा विचाराधिन विधेयक तत्काल फिर्ता गर्न र आफूसँग विगतमा भएका सहमति सम्झौता पालना गर्न पनि माग गरेका छन् । काठमाडौं उपत्यकामा आउँदो १० बर्षसम्म मेडिकल र डेन्टल कलेजलाई सम्बन्धन नदिने र सम्बन्धन लिएर पनि सुरु भइनसकेको छ भने नविकरण नगर्न उनले माग गरेका छन् । साथै, सबै मेडिकल शिक्षामा अधिकतम शुल्क र सीट निर्धारण गर्न, अगामी शैक्षिक सत्रदेखि केन्द्रिय प्रवेश परीक्षाको व्यवस्था गर्न, मनमोहन मेडिकल कलेजसम्बन्धी बिद्येयक फिर्ता गर्न, विगतमा आफूसँग भएका सम्झौताहरु कार्यन्वयन गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित