प्याबसन नागार्जुनको अध्यक्षमा बासुदेव घिमिरे सर्बसम्मत
काठमार्डौ ।
निजी तथा आवासीय बिघालय अर्गनाइजेशन नेपाल (प्याबसन) को नागर्जुन नगरको तेस्रो अधिवेशनले बासुदेव घिमिरेको नेतृत्वमा सात सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको छ । नागार्जुन नगरपालिका–५ स्थित द एक्सेल पब्लिक सेकेन्डरी स्कूलका संस्थापक प्रिन्सिपल घिमिरे नगरपालिकाको निजी तथा बोर्डिङ स्कुल संगठन (प्याब्सन) को नयाँ अध्यक्षमा निर्वाचित भएका हन्।
नयाँ नेतृत्व चयनसँगै संगठनले नगरभित्रका निजी तथा बोर्डिङ स्कुलहरूका शैक्षिक गुणस्तर वृद्धि, शिक्षक-विद्यार्थी हितका मुद्दा सम्बोधन, र सामुदायिक–निजी स्कुलबीचको सहकार्यलाई प्राथमिकता दिने घोषणा गरेको छ।
विजयी भएपछि अध्यक्ष घिमिरेले संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउँदै शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्नका लागि आफू प्रतिबद्ध रहेको बताए । नगरभित्रका अभिभावक, शिक्षक र विद्यार्थीहरूको चासोलाई प्राथमिकतामा राखेर योजना बनाइने उनले बताए।
यससँगै, नगरपालिका भित्रका निजी तथा बोर्डिङ स्कुलहरूले नयाँ नेतृत्वसँग सहकार्य गर्दै शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया