बयानका लागि रास्वपा सभापति लामिछानेलाई काठमाडौँ ल्याइयो


काठमाडौँ ।
कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज साँझ काठमाडौँ ल्याइएको छ। सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागिका सभापति लामिछानेलाई आज साढे ५ बजेको जहाजबाट काठमाडौँ ल्याइएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई काठमाडौँको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि यहाँ ल्याइएको हो। उनलाई काठमाडौं ल्याउन लागिएपछि त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको थियो । कडा सुरक्षा व्यवस्थाका बीच रविका समर्थकहरूले विमानस्थलबाहिर नाराबाजी गरेका थिए ।

सोही विषयमा परेको जाहेरीका आधारमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। उनीमाथि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा सो प्रकरणबारे भोलिदेखि बयान लिइने छ। 

उनीमाथि पोखरामा सूर्यदर्शन सहकारीको रकम अपचलन, संगठित अपराध र सम्पत्ती सुद्धीकरणमा अनुसन्धान भइरहेको छ। 

यसअघि लामिछानेसँग रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमासमेत बयान लिइसकिएको छ। उता चितवनको साहारा सहकारीको रकम अपचलनमा पनि  अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भइसकेको छ। काठमाडौँपछि उनलाई चितवनमा लगेर बयान लिइने छ। 

प्रतिक्रिया

सम्बन्धित

मजदुर संगठनहरुले हानलाई बुझाए ध्यानकर्षण पत्र, अभियानात्मक कार्यक्रम सार्वजनिक

मजदुर संगठनहरुले हानलाई बुझाए ध्यानकर्षण पत्र, अभियानात्मक कार्यक्रम सार्वजनिक

बिशेष समारोह सहित क्वालिटी स्कुलको २६ औं बार्षिक कार्यक्रम सम्पन्न

बिशेष समारोह सहित क्वालिटी स्कुलको २६ औं बार्षिक कार्यक्रम सम्पन्न

सुर्योदय सेकेन्डरी स्कूलको ४४ औं वार्षिकोत्सव सम्पन्न

सुर्योदय सेकेन्डरी स्कूलको ४४ औं वार्षिकोत्सव सम्पन्न

पोखरा २१ का वडाध्यक्ष दिपक सुबेदीमाथि रडले हान्ने प्रयास

पोखरा २१ का वडाध्यक्ष दिपक सुबेदीमाथि रडले हान्ने प्रयास

एनआरएनएको अधिवेशन मे ३ देखि ५ सम्म, प्रमुख निर्वाचन आयुक्तमा गोपाल कृष्ण घिमिरे

एनआरएनएको अधिवेशन मे ३ देखि ५ सम्म, प्रमुख निर्वाचन आयुक्तमा गोपाल कृष्ण घिमि…

नेसनल प्याव्सन भक्तपुरको वक्तृत्वकलामा रूबी भ्याली र यूनिटी स्कुल प्रथम

नेसनल प्याव्सन भक्तपुरको वक्तृत्वकलामा रूबी भ्याली र यूनिटी स्कुल प्रथम

एनआरएनएको अनधिकृत कार्यक्रम रोक्न उच्चस्तरीय समितिका संयोजक घलेको पत्राचार

एनआरएनएको अनधिकृत कार्यक्रम रोक्न उच्चस्तरीय समितिका संयोजक घलेको पत्राचार

सर्लाहीको मलंगवाका अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन, १९ मा १५ लाई बन्द गर्न निर्देशन

सर्लाहीको मलंगवाका अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन, १९ मा १५ लाई बन्द गर्न…