जवाफ माग्ने अनि बोल्न नदिने कस्तो चरित्र हो कांग्रेसको ?

samsadआज पनि बोल्न दिइएन प्रधानमन्त्रीलाई 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार पनि संसद बैठक अवरुद्ध पारेको छ । कांग्रेसको अवरोधका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि बोल्न पाएनन् । भूकम्प पीडितलाई एकमुष्ठ २ लाख रुपैयाँ दिनुपर्ने माग गर्दै कांग्रेसले बैठक अवरुद्ध पार्दै आएको छ । यसअघि शुक्रबार पनि कांग्रेसले संसद बैठक अवरुद्ध पार्दा प्रधानमन्त्री ओलीले सदनमा जवाफ दिने कार्यक्रम रोकिएको थियो । भूकम्प प्रभावितहरुलाई राहत तथा पुनर्निर्माणमा सरकारले ढिलासुस्ती गरेको एवम् पीडितको तथ्यांक संकलनमा राजनीतिकरण गरेको भन्दै कांग्रेसले सरकारको जवाफ मागेको छ । तर, कांग्रेस आफै जवाफ दिन दिंदैन । आइतबारको बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसद अर्जुननरसिंह केसीले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिने प्रतिबद्धता सरकारबाट नआएसम्म बैठकमा अवरोध कायमै राख्ने बताए । सभामुख ओनसरी घर्तीले यसबारे प्रधानमन्त्रीले संसदमा जानकारी गराउन खोजेकाले अवरोध नगर्न आग्रह गरे पनि कांग्रेसले अवरोध कायमै राख्यो र एक घण्टाका लागि बैठक स्थगित गरियो ।

आइतबार बिहान बसेको संसद बैठक प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधपछि सुरुमा एक घन्टाका लागि स्थगित भयो । त्यसपछि पुनः बसेको बैठक पनि अवरोध गरेपछि आधा घन्टाका लागि बैठक स्थगित भयो र फेरी पनि कुरा नमिले पछि बैठक भोलीसम्मका लागि स्थगित भएको छ । कांग्रेसले संसद अवरोध गरेको यो लगातार तेस्रो दिन हो ।

प्रतिक्रिया

सम्बन्धित