कांग्रेसद्वारा संसद बैठक अबरुद्ध, प्रधानमन्त्रीलाई बोल्न दिइएन
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले व्यवस्थापिका संसद बैठक अबरुद्ध गरेको छ। संसद बैठकमा कांग्रेस सांसदहरुले भूकम्प पीडितलाई सरकारले राजनीतिक आस्थाका आधारमा विभेद गरेको भन्दै सरकारको जवाफ माग गरेका थिए। कांग्रसे सांसदको सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएपछि सभामुखले सो विषयमा जानकारी दिन सरकारलाई रुलिङ गरेकी थिइन्। सभामुखले रुलिङ गर्दासमेत सरकारले जवाफ नदिएको भन्दै बिहीबार बसेको संसद बैठक कांग्रेसले अवरोध गरेको हो। यता, प्रधानमन्त्री केपी शर्मा ओलीले भने आज जवाफ दिने बताइएको थियो । तर प्रधानमन्त्रीलाई संसदमा सम्बोधन गर्न दिएन । कांग्रेसले बिहीबार भूकम्प पीडितलाई २ लाख एकमुष्ट दिन रकम दिनु पर्ने भन्दै संसद अवरुद्ध परेको थियो र, प्रधानमन्त्रीको जवाफ मागेको थियो । शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले कांग्रेसले उठाएको विषयको जवाफ दिन चाहेका थिए । तर, संसद बैठक सुरु हुनु अघि नै कांग्रेस सांसदहरुले प्रधानमन्त्रीलाई बोल्न नदिने बताए । आफूहरुले उठाएको विषयमा प्रधानमन्त्रीले कुनै सम्वाद नै नगरेकोले बैठक चल्न नदिने कांग्रेसले जनाएको छ । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले पीडितलाई तत्काल दुई लाख रकम दिने प्रतिवद्दता नगरेसम्म संसदमा सम्बोधन गर्न नदिने बताएपछि सभामुख ओनसी घर्तीले संसद बैठक आइतबारसम्मका लागि स्थगित गरेकी छन्।
प्रतिक्रिया