चितवनमा आज रविको बयानको पहिलो दिन, १५ प्रश्न सोधियो,


काठमाडौँ ।
सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि चितवन ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान नसकिएपछि बुधबार पनि लिइने भएको छ ।

मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ साढे ४ बजे स्थगित गरिएको सरकारी वकील कार्यालय चितवनका न्यायधिवक्ता शान्तिराज लुँइटेलले जानकारी दिए ।

आज बिहान जहाजबाट चितवन लगिएका लामिछानेको बयान सुरु गर्नै प्रहरीलाई २ घण्टा समय लागेको थियो। लामिछानेको निर्वाचन क्षेत्र नै चितवन भएकाले हुनसक्ने सम्भावित आन्दोलनबाट जोगाएर सरकारी वकिलको कार्यालयमा पुर्‍याउनै समय लागेको हो।

विमानस्थलबाट कार्यकर्ता र सर्मथकलाई छल्न प्रहरीले केहीबेर जिल्ला प्रहरी कार्यालयमा होल्ड गरेर दुई घण्टापछि सरकारी वकिलको कार्यालयमा लगेको हो।

आज अपराह्न ४ बजेसम्म रविलाई १५ वटा प्रश्न सोधिएको थियो। आज नसकिएकाले भोलि पनि बयान जारी रहने भएको छ। गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर कास्की लगिएका लामिछानेलाई रुपन्देही र काठमाडौँमासमेत फरकफरक सहकारी ठगी प्रकरणमा बयान लिइएको थियो। आजबाट चौथो जिल्लामा बयान लिन लागिएको हो। 

लामिछानेविरुद्ध गत मंसिर ५ गते चितवनमा सहारा चितवन सहकारीको रकम हिनामिना गरेको आरोपमा पूरक जाहेरी दर्ता भएको थियो। 

प्रतिक्रिया

सम्बन्धित