नवनिर्वाचित प्याबसन नागार्जुन कार्यसमितिका सदस्यहरू चन्द्रागिरी थ्रि डी आर्ट म्युजियम र थानकोट पार्कको भ्रमणमा
काठमार्डौ ।
निजी तथा आवासीय बिघालय अर्गनाइजेशन नेपाल (प्याबसन) नागार्जुन कार्यसमितिका नवनिर्वाचित सदस्यहरूले चन्द्रागिरी थ्रि डी आर्ट म्युजियम र थानकोट पार्कको अवलोकन भ्रमण गरेका छन्। आज एक बिशेष समारोहका बिच नागार्जुन प्याबसनका अध्यक्ष बासुदेब घिमिरेको नेतृत्वमा पदाधिकारिहरुले हालसालै थानकोट त्रिभुबन पार्क हाता भित्र संचालनमा आएको थ्रि डि आर्ट म्युजियमको भ्रमण गरेका हुन् ।
समिति गठन भएपश्चात पहिलो सामूहिक भ्रमणको रूपमा गरिएको यो कार्यक्रमले सांस्कृतिक, शैक्षिक , मनोरञ्जनात्मक एबम् बिघालय स्तरमा चित्रकला सम्बन्धी ज्ञानको प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो । अध्यक्ष घिमिरेले भने, “यो भ्रमणले हाम्रो समुदायलाई शिक्षाको मात्र नभई चित्र कला ( बिशेषत: थ्रि डि चित्रकला ) र पर्यटनको महत्त्व बुझ्न सहयोग पुर्याउँछ।”
थ्रि डी आर्ट म्युजियममा सदस्यहरूले बिशेष रुपमा मनोरन्जन एबम् ज्ञानका लागि तयार पारिएका चित्रकलाका बारेमा जानकारी समेत लिएका थिए भने बिघालयमा अध्यनरत बिधार्थीहरुलाई थ्रि डि आर्ट म्युजियम भ्रमण गराउँदा बिधार्थीहरुले लिन सक्ने लाभका बारेमा समेत चासो ब्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा थानकोट पार्कमा भने पर्यावरणीय संरक्षण र हरियालीको महत्त्वबारे समेत चर्चा गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहितका सम्पूर्ण सदस्यहरूको उपस्थिति थियो। यस प्रकारका गतिविधिले समितिको आगामी योजना र सामुदायिक योगदानलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
भ्रमणमा सहभागीहरुलाई म्युजियमका तर्फबाट संचालक शिबराम गिरीले र शहिद स्मारक प्रकृती प्रतिष्ठान (थानकोट त्रिभुबन पार्क) का तर्फबाट पार्कका प्रतिनिधि राजु कोइरालले स्वागत गरेका थिए ।
प्रतिक्रिया