जनचेतनामुलक र्यालीका साथ विद्यार्थीलाई लागुऔषध दुव्र्यसनीबारे प्रशिक्षण
भक्तपुर,
लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा लागु औषध दुव्र्यसनी तथा लैगिंक हिंसा विषयक जनचेतनामुलक र्यालीको आयोजना गरिएको छ । चाँगुनारायण नगरपालिका वडा नं.१ र २ भित्र रहेको सामुदायिक तथा नीजि विद्यालयका छात्र छात्रा एवं अभिभावकहरुको उपस्थितिमा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न गरिएको आयोजक संस्था वडास्तरीय लैगिंक हिंसा नियन्त्रण सञ्जाल समितिका सदस्य सचिव नबराज काफ्लेले माइन्युज नेपाललाई बताए ।
"हामी सबैको प्रतिबद्धता,लैगिंक हिंसा अन्त्यको लागि एक्येबद्धता" भन्ने नाराका साथ वडा नं.१,२,दुवाकोट प्रहरी प्रभाग,वडास्तरीय लैगिंक हिंसा नियन्त्रण सञ्जाल समितिको आयोजकत्व एवं जिल्ला प्रशासन कार्यालयको संयोजनका विच २ चरणमा उक्त कार्यक्रम सम्पन्न भएको वडा नं.२ का अध्यक्ष सोम प्रसाद प्रधानले बताए ।
निर्धारित कार्यक्रमको पहिलो चरणमा प्रहरी प्रभाग प्रमुख एवं वडास्तरीय लैगिंक हिंसा नियन्त्रण सञ्जाल समितिका संयोजक हरि कुमार खड्काको अध्यक्ष्यताका विच चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यता र दोस्रो चरणको कार्यक्रम वडा नं.२ का अध्यक्ष सोम प्रसाद प्रधानको अध्यक्ष्यतामा जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख गोपाल प्रसाद अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख जीवन बुढाथोकी,प्रहरी वृत्त ठिमीका प्रमुख प्रेमसागर केसी,वडा नं.१ अध्यक्ष सिजन कार्की,वडा सदस्यहरु लगायत विभिन्न सामाजिक संघसंस्थाहरुको सहभागीता रहेको कार्यक्रमलाई लैगिंक सञ्जालका सदस्य सचिव नबराज काफ्लेले सञ्चालन गरेका थिए ।
प्रहरी वृत्त ठिमीका वरिष्ठ सहि एकता न्यौपाने एवं वालमनोपरामर्शदाता एवं वरिष्ठ योग प्रशिक्षक आरती ढकालबाट लागु औषध दुव्र्यसनी तथा लैगिंक हिसा केन्द्रित विशेष प्रशिक्षाणत्मक कक्षा सञ्चालन भएको र सो बाट दुवै वडा भित्रका विद्यालयबाट प्रतिनिधित्व गर्दै सहभागी विद्यार्थीहरु एवं अभिभावकहरु लाभान्वीत भएको लैगिंक सञ्जालका सदस्य एवं कार्यक्रम तयारी संयोजक टंक सिटौलाले अवगत गराएका छन् ।
कार्यक्रममा २ नं। वडाभित्र रहेका पुर्ण अशक्त १५ जनालाई चाँगुनारायण नगरपालिका बाट सहयोग प्राप्त जाडोको न्यानो कपडा समेत वितरण गरिएको चाँगुनारायण नगरपालिका सामाजिक विकास शाखाका कर्मचारी खिला मल्लले बताईन । करिब ३०० जना सहभागीको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमलाई तयारी गर्न वडास्तरीय लैगिंक हिंसा नियन्त्रण सञ्जाल समितिका सदस्य टंक सिटौलाको संयोजकत्वमा मुना गुरुङ,रामहरि खड्का,श्याम बहादुर थापा,राममाया रानामगर,जगदीश पौडेल,नारायण प्रसाद प्रधान सदस्य रहेको एक कार्यक्रम मूल तयारी समिति गठन गरिएको थियो ।
प्रतिक्रिया