राजिव ग्रुपद्धारा नेपाली विद्यार्थीलाई शत प्रतिशत छात्रबृत्ति

rajeev_institute_of_technologyकाठमाडौं : उच्च शिक्षाका लागि अधिकांश नेपाली विद्यार्थीहरुले विदेशलाई रोज्ने गरेका छन् । बर्षेनी झण्डै ४० हजार नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश जाने गरेको पाइएको छ । गुणस्तरिय क्षिक्षाको खोजीमा विदेश जान चाहने नेपाली विद्यार्थीहरुले विभिन्न विषय अध्ययन गर्ने गरेका छन् । नेपालमा स्थापना भएका शैक्षिक परामर्श संस्थाहरुसँग परामर्श लिएर विद्यार्थीहरु विदेशिछन् । नेपाली विद्यार्थीहरुलाई विश्वका विभिन्न विश्वविद्यालय तथा कलेजहरुले सिमित छात्रबृत्ति समेत प्रदान गर्दै आइरहेका छन् । छिमेकी मुलुक भारतले पनि धेरै नेपाली विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्दै आएको छ । भारतको हस्सन कर्नाटकमा रहेको राजिव ग्रुप अफ इन्स्टिच्युसनले १० जना नेपाली विद्यार्थीलाई शत प्रतिशत छात्रबृत्ति प्रदान गर्ने भएको छ । राजिव एजुकेशन ट्रस्टद्धारा सञ्चालित सन् २००२ मा स्थापना भएको यस कलेजमा अहिले चार हजार पाँच सय जना विद्यार्थी अध्ययन गरिरहेको कलेजका रजिष्ट्रार्ड भित्तलले बताए । छात्रबृत्ति प्रदान गर्नका लागि नै नेपाल आएका भित्तलले कलेजमा गुणस्तरिय शिक्षा सँगसँगै उचित खानपिन र होस्टलको पनि व्यवस्था रहेको बताए । उनले भने–‘हाम्रो कलेजमा छात्रका लागि ३ र छात्राका लागि ३ गरि ६ वटा होस्टल छन् भने प्रत्येक कोठाका लागि इडिभिजुअल बाथरुम, स्वस्थ्य सेवालगायत सम्पूर्ण सुविधा उपलब्ध छ ।’ राजिव गान्धि र विश्वेश्वरा टेक्निकल विश्वविद्यालय अन्तर्गत रहेको राजिव ग्रुप अफ इन्स्टिच्युसनले इन्जिनियरिङ, पोलिटेक्निक र एमबिए अध्ययनका लागि शत प्रशित छात्रबृत्ति प्रादान गर्ने जनाएको छ । अहिले इन्जिनियरिङका लागि सात लाख, पोलिटेक्निकका लागि चार लाख र एबिएका लागि दुई लाख पचास हजार रुपैयाँ लाग्ने पनि कलेजले जनाएको छ । कलेजले अब छिट्टै नै मैसुरमा मेडिकलका सम्पूर्ण कोर्ष शुरु गर्न लागेको पनि भित्तलले बताए । कलेजले काठमाडौंको बागबजारमा रहेको शताक्षी एजुकेशन फाउण्डेसनमार्फत छात्रबृत्ति प्रदान गर्न लागेको पनि रजिष्ट्रार्ड भित्तलले बताए । किन शताक्षिलाई नै रोज्नुभयो त ? भन्ने प्रश्नमा उनी भन्छन्–‘शताक्षीले यस अघि पनि नेपाली विद्यार्थीहरुका लागि छात्रबृत्तिको पहल गर्दै आएको हामीले पायौं । शताक्षीले गरेको काम हामीलाई एकदमै सह्राहनीय लाग्यो, त्यसैले हामीले सताक्षीमार्फत नै यो काम गर्न लागेका हौं ।’ वि.सं. २०६३ सालमा स्थापना भएको शताक्षी एजुकेशनल फाउण्डेसनले स्थापनाकाल देखि नै गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्तिसहित उच्च शिक्षाका लागि विदेश पठाउँदै आएको छ । स्थापनाकालमा नै शताक्षीले भारतको पटियालामा रहेको थापर विश्वविद्यालयमा ५० प्रतिशत छात्रबृत्तिसहित नेपाली विद्यार्थीलाई अध्ययनका लागि पठाएको थियो । अहिले चाहिं कसरी छात्रबृत्ति मिलाउनु भयो त ? भन्ने प्र्रश्नमा शताक्षीका प्रवन्ध निर्देशक उमेश ढुंलेल भन्छन्–‘हामीले १० वटा विश्वविद्यालयमा नेपाली विद्यार्थीका लागि छात्रबृत्तिको माग गरेका थियौं, राजिवले हामीलाई विश्वास गरेर १० जनाका लागि शत प्रतिशत छात्रबृत्ति दिने निर्णय ग¥यो ।’

satakshi abroad adfinal कलेजमा १० दिन भित्र विद्यार्थीको नाम पठाइसक्नु पर्ने भएकाले शताक्षी यतिबेला विद्यार्थी छनौटमा लागेको छ । विद्यार्थीहरुलाई कसरी छनौट गर्नुहुन्छ भन्ने प्रश्नमा ढुंगेल भन्छन्–‘भूकम्पमा अभिभावक गुमाएका विद्यार्थीहरु जो उच्च शिक्षा अध्ययन गर्न चाहन्छन्, उनीहरुलाई पहिलो प्राथमिकतामा राखेका छौं भने गरिव र जेहेन्दार विद्यार्थी हाम्रो छनौटमा पर्नेछन् ।’ छात्रबृत्तिका लागि १२ को जाँच दिएर बसेका विद्यार्थीहरुले पनि अप्लाई गर्न मिल्ने तथा पोलिटेक्निकमा भने एसएलसी पास भएका विद्यार्थीहरुले अध्ययन गर्न सक्ने ढुंगेल बताउँछन् । यस कलेजमा जाँदा नेपाली विद्यार्थीहरुले कुनै पनि समस्या भोग्नु नपर्ने पनि ढुंगेलको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित