घैटे र चरी झै गोली खाए अर्का गुण्डा नाइकेले

goliकाठमाडौं । कालीमाटी, टेकु र कलंकीलाई आधार क्षेत्र बनाएर  गुन्डागर्दीमा संलग्न जसवन्त राईलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । पक्राउ गर्न जाने क्रममा प्रहरीमाथि नै रड हानेपछि राईमाथि प्रहरीले गोली चलाएको जनाएको छ  । महानगरीय प्रहरी अपराध महाशाखाको टोलि र राईबीच बिजुली बजारस्थित धोबी खोलाको पुलनजिकै हानाहुँदा प्रहरीले गोली चलाएको हो ।

  गोली लागेर घाइते भएका गुरुङलाई प्रहरीले उपचारका लागि वीर अस्पताल लगेको छ । घटनास्थलबाट प्रहरीमाथि गुरुङले आक्रमण गर्न प्रयोग गरेको फलामे रड पनि बरामद गरेको छ । उनलाई तिघ्रामा दुई गोली लागेको  छ ।

 राई कलंकी क्षेत्रमा रहेका होटल तथा लज सञ्चालकहरुलाई मार्ने धम्की दिँदै पैसा असुल्ने काममा संलग्न रहंदै आएका थिए। यसअघी,  गत बर्ष गुण्डा नाइके कुमार श्रेष्ठ घैटे र दुई बर्ष अघी दिनेश अधिकारि 'चरी'माथि  अपराध महाशाखाको टोलीले  इन्काउन्टर गरेको थियो  । महाशाखाका एसपी सहकुल थापाका अनुसार उनी २ वटा ज्यान मार्ने उध्धोग,सार्वजनिक अपराध ,लुटपात तथा फिरौती र चन्दा आतंकमा सक्रिय रहँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित