एनपीएलमा आज पनि दुई खेल हुँदै, लुम्बिनीले जनकपुर र सुदूरपश्चिमले चितवनको सामना गर्ने

काठमाडौं,

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज आइतबार पनि दुई खेल हुने भएका छन् । पहिलो खेल बिहान ९ः १५ बजे र दोस्रो खेल दिउँसो १ः१५ बजेदेखि हुनेछ । दिनको पहिलो खेलामा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सको सामना गर्नेछ । लुम्बिनीले जारी एनपीएलमा एक खेल पनि जित्न सकेको छैन । जनकपुर भने अपराजित टोली हो । लुम्बिनीले तीन खेलमा लगातार हार ब्यहोर्दा जनकपुरले लगातार जीत निकालेको छ। 

दोस्रो खेलमा अर्को अपराजित टोली सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्नेछ । शनिबार भएका खेलमा सुदूरपश्चिमले लुम्बिनी र कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित