युनिसेफ र चन्द्रागिरि नगरपालिकाका बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुन्नुहोस्

युनिसेफ र चन्द्रागिरि नगरपालिकाका बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

 

आइतबार सम्पन्न अन्तर्क्रिया कार्यक्रममा चन्द्रागिरि नगरपालिकाले संचालन गरिरहेको घर दैलो सामुदायिक नर्स सेवा र महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका सेवा बारे छलफल भएको मेयर घनश्याम गिरीले जानकारी दिए ।

छलफलमा ती कार्यक्रम र सेवालाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बारे छलफल गरिएको थियो। 

 

 

मेयर गिरीले सामुदायिक नर्स र स्वास्थ्य स्वयंसेविका सेवालाई नगरपालिकाले अझ प्रभावकारी रूपमा अगाडि बढाउदै लैजान नगरपालिका प्रतिवद्ध रहेको बताए । 

 

कार्यक्रममा युनिसेफ नेपालका प्रतिनिधिहरुले स्वास्थ्यका विभिन्न क्षेत्रमा नगरपालिकालाई सहयोग र सहकार्य रहने कुराको प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित