रबि भण्डारी किर्तिपुर नगर प्याब्सनको अध्यक्ष निर्वाचित
काठमाडौँ,
किर्तिपुर निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) किर्तिपुरको पूर्वअध्यक्ष रबि भण्डारी आगामी वर्षका लागि पुनः अध्यक्षमा निर्वाचित भएका छन्।
हालै सम्पन्न किर्तिपुर नगर प्याब्सनको तेस्रो नगर अधिवेशनले रबि भण्डारीको नेतृत्त्वमा सर्वसम्मत रुपमा ५ सदस्यीय कार्यसमिति गठन गरेको हो ।भण्डारीको नेतृत्वमा विद्यालयहरूको व्यवस्थापन, गुणस्तर शिक्षा र निजी विद्यालयको हितलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिने अपेक्षा गरिएको छ।
निर्वाचनपछि भण्डारीले शिक्षा क्षेत्रमा नवीन योजना लागू गर्न प्रतिबद्धता व्यक्त गर्दै भने, "विद्यालयहरूको सुदृढीकरण र विद्यार्थीको सर्वांगीण विकासका लागि काम गर्नेछु।"
प्याब्सन कीर्तिपुरको यो नेतृत्वले विद्यालय र अभिभावकहरूको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।
नगर प्याब्सन अन्र्तगत अध्यक्षमा रबि भण्डारी सचिवमा हरेराम अधिकारी कोषाध्यक्षमा बुद्ध महर्जन सदस्यहरुमा सबिता महर्जन र कृष्ण उपाध्याय चयन भएका हुन् ।
प्रतिक्रिया