सभापति लामिछानेलाई आज सातौँपटक अदालतमा उपस्थित गराइँदै

काठमाडौं : 

सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सातौँपटक अदालतमा उपस्थित गराइँदै छ।  

सानो पाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराउनु पर्ने भएकाले बुधबार नै पोखरा लैजान लागिएको छ। लामिछानेलाई हवाईमार्गबाट काठमाडौं हुँदै पोखरा लैजान लागेको  प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। उनका अनुसार हवाई टिकट मिल्नेबित्तिकै लामिछानेलाई पोखरा लगिनेछ।   पर्सामा मंगलबार उनको बयान सकिएको छ।

५४ दिनदेखि प्रहरीको हिरासतमा रहेका लामिछानेको कास्की, रूपन्देही, काठमाडौँ, चितवन र पर्सा जिल्लामा बयान भइसकेको छ। सबैतिर बयान सकिएसँगै प्रहरीले लामिछाने जोडिएको संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अनुसन्धान लगभग अन्तिम चरणतिर पुर्‍याएको हो।  
 

प्रतिक्रिया

सम्बन्धित