किन चिन्ता गर्छिनहिमानी ससुरा र सासुको ?

himaniकाठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ढल्कदो उमेरसँगै आफ्नो खानपानमा ध्यान दिने गरेका छन् । उनको खानपानका विषयमा स्वयं बुहारी हिमानीले भान्सामै पुगेर हेर्ने गरेकी छिन् । बिहान उठेर निर्मल निवासभित्रै मर्निङ वाक गर्ने गरेका पूर्वराजा शाहले त्यसपछि नुहाएर नास्ता गर्छन् । मासुका परिकार खासै नरुचाउने पूर्वराजाले दूध र अन्य खानेकुरा खान्छन् ।पूर्वराजा शाहले आफ्नो खानामा धेरै जसो रोटी र सागपात राख्ने गरेका छन् ।

  उनको खानामा अमिलो, पिरो र चिल्लो हुँदैन । विभिन्न रोगका कारण दैनिक औषधि सेवन गर्दै आएका पूर्वराजा शाह बेलाबेला उपचारका लागि नयाँ दिल्ली जाने गरेका छन् । हिमानी आफैले ससुराको ध्यान दिने भएपछि पतिका विषयमा पूर्वरानी कोमल निर्धक्क छिन् । हुन् त पूर्वरानी कोमलले पनि मसालेदार खाना खादिनन् ।

  उनको पनि हालै नयाँ दिल्लीमा शल्यक्रिया भएको थियो । शल्यक्रियापछि पूर्वरानी कोमलले पनि खानपिनमा आफैले ध्यान दिने गरेकी छिन् । उता, पूर्व युवराज्ञी हिमानीलाई चीनले ठूलो स्वागत गरेर राजसंस्थाप्रति आफ्नो अगाध प्रेम देखाएको स्रोतले जनाएको छ । झण्डै दुई साता चीनमा बसेकी हिमानीलाई स्वागतमा चीनले कुनै कसर बाँकी राखेको थिएन । हिमानी पनि चीनको भ्रमणबाट अत्यन्तै खुसी भएको निर्मल निवास स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित