प्याबसन चन्द्रागिरी कार्यसमितिका सदस्यहरूले चन्द्रागिरी थ्रि डी आर्ट म्युजियम र थानकोट पार्कको अवलोकन भ्रमणमा

काठमार्डौ । 
निजी तथा आवासीय बिघालय अर्गनाइजेशन नेपाल (प्याबसन) चन्द्रागिरी कार्यसमितिका सदस्यहरूले चन्द्रागिरी थ्रि डी आर्ट म्युजियम र थानकोट पार्कको अवलोकन भ्रमण गरेका छन्। आज एक बिशेष समारोहका बिच चन्द्रागिरी प्याबसनका अध्यक्ष दिपक महर्जनको नेतृत्वमा पदाधिकारिहरुले हालसालै थानकोट त्रिभुबन पार्क हाता भित्र संचालनमा आएको थ्रि डि आर्ट म्युजियमको भ्रमण गरेका हुन्  । 

म्युजियम भ्रमण कार्यक्रममा अध्यक्ष दिपक महर्जनका साथै उपाध्यक्ष सरोज महर्जन , सचिब बालकृष्ण भेटवाल ,सह सचिब कृष्णहरि बस्नेत ,कोषाध्यक्ष प्रमोद जि.सि एबम् समिति सदस्यहरु यसोदा श्रेष्ठ , मिलन गुरुड , रामजी प्रसाद पोखरेल लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा  (प्याबसन) चन्द्रागिरी कार्यसमितिका सदस्यहरुलाई थ्रि डि आर्ट म्युजियमका साथै बिघालय स्तरमा बिघार्थीहरुलाई चित्रकला सम्बन्धी ज्ञानका बारेमा छलफल गरिएको थियो । 

थ्रि डी आर्ट म्युजियममा सदस्यहरूले बिशेष रुपमा मनोरन्जन एबम् ज्ञानका लागि  तयार पारिएका चित्रकलाका बारेमा जानकारी समेत लिएका थिए भने बिघालयमा अध्यनरत बिधार्थीहरुलाई थ्रि डि आर्ट म्युजियम भ्रमण गराउँदा बिधार्थीहरुले लिन सक्ने लाभका बारेमा समेत चासो ब्यक्त  गरेका थिए ।  त्यस्तै कार्यक्रममा थानकोट पार्कमा भने पर्यावरणीय संरक्षण र हरियालीको महत्त्वबारे समेत चर्चा गरेका थिए । 

कार्यक्रममा उपस्थित कार्यसमिति सदस्यहरुलाई म्युजियम संचालक शिबराम गिरीले स्वागत गरेका थिए भने शहिद स्मृती प्रकृती प्रतिष्ठानका (थानकोट पार्कका)प्रतिनिधि राजु कोइरालले पार्कका बारेमा जानकारी समेत गराएका थिए ।  

प्रतिक्रिया

सम्बन्धित