राष्ट्रको लागी २ घण्टा अभियानको ९३औ हप्ताको कार्यक्रम सम्पन्न

भक्तपुर ,

भक्तपुरमा संचालित स्वंयमसेबी सामाजिक अभियान  राष्ट्रको लागी २ घण्टा अभियानको ९३औ हप्ताको कार्यक्रम सम्पन्न भएको छ । ९३ औ हप्ता अन्र्तगतको आजको बिशेष कार्यक्रममा अरनिको राजमार्ग सडक खण्डमा सडक सौंदर्यीकरणका लागि रोपियको बिरुवा संरक्षण तथा सम्बर्धन गरिएको हो ।  

कार्यक्रममा  भक्तपुर जिल्ला भित्ररहेका सम्पुर्ण योग साधना केन्द्रको  सहभागितामा  जिवन विज्ञानबाट योग गुरु विमल घिमिरेबाट  १५ मिनेट योग पछि उर्जा सहित सरसफाई तथा जनचेतना कार्यक्रम गरिएको थियो ।

योगलाई  वातावरण, शारीरिक स्वास्थ्य, र मानसिक शान्तिसँग जोड्दै लानु पर्ने आजको आबश्यकतालाई महत्वदिदै सफाई अभियानमा योज साधना सहित अघि बढाइएको अभियानले जनाएको छ  । 

अभियान अन्र्तगतको आजको कार्यक्रमका अध्यक्ष मधु ढुङ्गेल अभियानका सल्लाहकार अन्जना देवी मधिकर्मी ,जुना बस्नेत ,बालमुकन्द सिलवाल ,भागीरथा सिटौला ,सुरेन्द्र विजुक्षे ,नेकपा (माओवादी केन्द्र) केन्द्रीय सल्लाकार शिवहरि खनाल , लगाएत बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु ,सामाजिक संघसस्थाका प्रतिनिधि तथा अभियान्ताहरुको उपस्थितीमा रहेका अभियानका उपाध्यक्ष नरेश रन्जितले बताए । 

त्यस्तै अभियानमा नेपाल फुलबारी, नेप्सेम्याक,दिव्यश्वरी सहयोगी हात,नेपाल स्वच्छ वातावरण सृजना केन्द्र, डि वाईन युथ क्लब नेपाल,सामुदायिक प्रहरी, ट्राफ़िक प्रहरी,सुर्य बिनायक नगरपालिकाका नगर प्रहरी, पातन्जल योग समिती, वेभ ग्रुप, ह्यापी ग्रुप, दक्षिणकाली सहकारी संस्था ,आस्था महिला विधालय, सिद्धिकाला माध्यापमिक विधालय, ह्यापी एण्ड हेल्थ ग्रुप, अग्रगामी नेपाल, यमना लाईन्स क्लब, सचेत मार्ग टोल सुधार समिति, नवदुर्गा महिला समुह, स्वच्छ बातावरण सन्जाल, हलिओ स्कुल, रिट्रनिङ फ्रन्डरेसन नेपाल, क्याप नेपाल, मानवीय आस्था नेपाल, चानक्य कलेज, शान्ति निकेतन स्कुल, सागबारी टोल सुधार समिती, स्वनिगःसाकोस, शुभश्री बचत, सिद्धार्थ बचत, मध्यपुर संचार समाज, राष्ट्रीय युवासंघ नेपाल, समानान्तर र्निमाण सेबा ,  मेरिगोल्ड ईङ्लिस स्कुल, बालकोट सहकारी, सानुठिमी तेक्वान्डो डोजाङ, पातञ्जल योग समिती लगाएता बिभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुको बाक्लो उपस्थितिरहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित