गर्भपतन गराउने डाक्टर पनि नक्कली भेटिए

garvaपोखरा । जनस्वास्थ्यमा खेलवाड गर्ने चिकित्सकहरु पोखराबाट पनि पक्राउ परेका छन् । मेरी स्टोप्स सेन्टर पोखरामा कार्यरत चिकित्सक महेश्वर राय यादवलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी)ले गिरफ्तार गरी छानबिनको लागी काठमाडौं लगेर म्याद थप गरेको छ । मेरी स्टोप्सले सुरक्षित गर्भपतन सम्बन्धि काम गर्दै आएको छ । सुनौलो परिवार नेपाल नामक संस्था मार्फत सञ्चालित परिवार स्वास्थ्य कार्यक्रम र गर्भपतन सेवा सञ्चालन गर्दै आएको मेरी स्टोप्स सेन्टरमा केही हप्ता अघिमात्र महेश्वर राम यादवलाई पोखरा शाखामा नियुक्त गरिएको थियो । सुरक्षित गर्भपतन गराउने एनएमसी नम्बर ५२९३ भएका डा. यादव नै नक्कली भएपछि पोखरेलीले ठूलो राहत महसुस गरेका छन् । नक्कली प्रमाणपत्रधारी चिकित्सकलाई गर्भपतन गराउने कार्यमा लगाउने मेरी स्टोप्स सेन्टरको व्यवहारबाट सयौं पोखरेलीहरुलाई जोगाइदिएकोमा सिआईवीलाई आम सचेत पोखरेली नागरिकहरुले धन्यवाद दिएका छन् । मेरी स्टोप्सले योग्य र अनुभवी चिकित्सकलाई हटाएर नयाँ–नयाँ चिकित्सक करारमा राखेर काम चलाउँदै आएको गुनासोहरु आइरहेको बेला सोही संस्थामा मुकरर गरिएका डाक्टर यादव पक्राउ परेका हुन् । गर्भपतन जस्तो सम्वेदनशील क्षेत्रमा खटाइएका नक्कली डाक्टरहरुको बिगबिगी हुन थालेपछि कसरी सुरक्षित महसुस गर्ने ? आम सेवाग्राहीहरुसामु यो एउटा गम्भिर प्रश्नले खुल्ला चुनौती दिइरहेको छ । ढिलै भएपनि सिआईवीले नक्कली चिकित्सकहरुको खोजी अप्रेसनलाई तिब्रता दिएपछि यादव जस्ता सयौं डाक्टरहरुको भागाभाग सुरु भएको छ । यादव लगायत ३६ जना चिकित्सक प्रहरीको फन्दामा परेका छन् भने अन्य करिब ८० जना फरार सूचीमा परेका छन् । यस अघि पक्राउ परेकाहरुलाई मेडिकल काउन्सिल ऐन अनुसार मुद्दा चलाइएकोमा उनीहरु अधिकांशले धरौटी राखेर छुटेपछि प्रहरीले पछिल्लो समयमा पक्राउ परेका नक्कली डाक्टरहरुकलाई ठगीमा मुद्दा चलाएको छ । यो प्रकरणमा दोषी प्रमाणित भएमा ५ वर्ष कैद र जरिवाना समेत हुने ऐनमा व्यवस्था छ । मानव स्वास्थ्यको उपचार गर्ने डाक्टरहरुको यो घटनाले संसारकै अगाडी नेपालको हुर्मत लुटिएको छ । चिकित्सा क्षेत्रमा देखिएका सुधारात्मक क्षेत्रलाई नक्कली चिकित्सा प्रकरणले ध्वस्त बनाएको छ । मेरी स्टोप्सका चिकित्सक यादव लगायतका संवेदनशील स्वास्थ्य क्षेत्रमा काम गर्ने नक्कली प्रमाणपत्रधारीहरुलाई बृहत् छानबिन गरी कडा कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता सर्वत्र औंल्याइएको छ । त्यसो त चिकित्सकहरुलाई काउन्सिल परिक्षा लिन बेलैबाट शैक्षिक योग्यताका प्रमाण पत्रहरु छानबिन गर्नु जरुरी छ भने रोजगारदाता निकायले पनि आफ्नो व्यवसायिक इमान्दारिता देखाउन सजक भएर योग्य र सक्कली चिकित्सक राख्न सके मात्र नागरिक स्वास्थ्यप्रति जिम्मेवार बन्न सकिन्छ । अन्यथा ‘कच्चा बैद्यको मात्र यमपुरीको यात्रा’ उखान चरितार्थ हुन के बेर ?यूनाइटेड पोष्ट साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित