एनपीएल बिजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्री ओलीबाट सम्मान

काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापक लगायतलाई बधाईसहित सम्मान गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टोलीका खेलाडी, नेपाल क्रिकेट सङ्घका पदाधिकारी र व्यवस्थापकलाई बधाई दिएका हुन् ।
प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याटर नेपाली पनि हुनसक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न सकुन् भन्ने कामना पनि गरे ।
उनले भने, ‘यो सम्पूर्ण नेपालीको जित हो, नेपाली क्रिकेटको जित हो, प्रतियोगितामार्फत तपाईंहरुको असाधारण क्षमता देखिएको छ । उपविजेता सुदूरपश्चिम रोयल्सले पनि राम्रो प्रदर्शन गर्यो, कठोर चुनौतीको सामना गर्दै जित हासिल गर्ने जनकपुर बोल्ट्सका खेलाडीहरु बधाईका पात्र हुनुहुन्छ ।’

नेसनल प्याव्सन भक्तपुरको वक्तृत्वकलामा रूबी भ्याली र यूनिटी स्कुल प्रथम

एनआरएनएको अनधिकृत कार्यक्रम रोक्न उच्चस्तरीय समितिका संयोजक घलेको पत्राचार

सर्लाहीको मलंगवाका अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन, १९ मा १५ लाई बन्द गर्न…
%2520(2)_RcOpKgYJtg_xrrpchnly3v5z94f6yrupaj8ohn08gwdzi7caira9al9qwojrdnjwe2xjoky_h3m0Ve2rD3_pcjpghk3yogdddjmmlrtjc0svjf5gl7xol6p1ocxpgnrtapewsnz80rktb8w.jpg)
आज तराईका जिल्लामा होली उत्सव मनाइँदै

बालबालिकाहरूले होली खेल्दा अपनाउनुपर्ने सावधानीहरू
_fH6pRodMrR_fcosoha0proq1geka3tun0uhrvd0vdyirr1jhdqkxodt1tavi21uc3hqqlg1_EXgAjetl0B_syiithfmkolkcyvpivuknuuiczcbw316lzgdfx6gfz7ibifm8gawsh6ajapr.jpg)
मिथिला माध्यमिकी परिक्रमा : आज अन्तिम स्थल जनकपुरधाम पुग्दै
%2520(37)_8PxaDywjXB_ygalsm5efctov4ofufwtobirdf5wuq6xcwchqwpdpypjx5fghiwzurtut1li_tEOHTE86oL_gqsk4adr1ihqfhblp4rg9jhyhd4kptmnzxquinvcwec9rkepx4jeaddin9xe.jpg)
विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर (फोटोफिचर)

प्रतिक्रिया