रिलायन्स को-एड स्कुलका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियम पार्कमा

रिलायन्स को-एड स्कुलका शिक्षक तथा विद्यार्थीहरुले चन्द्रागिरी थ्री डी म्युजियम पार्कको अवलोकन भ्रमण गरेका छन् ।

 

स्कुलका विद्यार्थीहरूले बिहीबार चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी थ्री डी आर्ट म्युजियमको शैक्षिक भ्रमण गरेका हुन् । 

 

विद्यालयकी शिक्षिका बिना सिंहको नेतृत्वमा गएको विद्यार्थीहरूको समूहले म्युजियममा शैक्षिक भ्रमण गरेको हो ।

भ्रमण टोलीमा शिक्षिकाहरू सिंह, सुजिता भुषाल, सरस्वती कटुवाल, राधा गौतम, सुष्मा सोनम लगायत सहभागी भएका थिए । थ्री डी आर्ट म्युजियममा उनीहरूले बिशेष रुपमा मनोरन्जन एबम् ज्ञानका लागि तयार पारिएका चित्रकलाका बारेमा जानकारी समेत लिएका थिए । 

 

अवलोकन पश्चात् सिंहले म्युजियमको अवलोकन गर्न पाउँदा विद्यार्थीहरू र आफू निकै खुशी भएको बताइन् । 

 

उनले म्युजियम निकै कलात्मक रहेको र अवलोकन भ्रमण गर्दा निकै आनन्द आएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित