सुरुवात मन्टेश्वरीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी म्युजियममा

काठमाडौ ।
सुरुवात मन्टेश्वरीका शिक्षक तथा विद्यार्थीहरुले चन्द्रागिरी थ्री डी म्युजियम पार्कको अवलोकन भ्रमण गरेका छन् ।

मन्टेश्वरीका विद्यार्थीहरू र शिक्षकहरूले शुक्रबार चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी थ्री डी आर्ट म्युजियमको शैक्षिक भ्रमण गरेका हुन् । 

विद्यालयका प्रिन्सिपल प्रिजय ढकालको नेतृत्वमा‌ शिक्षक तथा विद्यार्थीहरुले  म्युजियममा  शैक्षिक भ्रमण गरेका थिए । भ्रमण टोलीमा प्रिन्सिपल ढकाल, मनिका पान्डे, स्वेता महर्जन, सन्चिता महर्जन लगायत सहभागी भएका थिए । थ्री डी आर्ट म्युजियममा उनीहरूले बिशेष रुपमा मनोरन्जन एबम् ज्ञानका लागि  तयार पारिएका चित्रकलाका बारेमा जानकारी समेत लिएका थिए  । 

अवलोकन पश्चात् प्रिन्सिपल ढकालले म्युजियमको अवलोकन गर्न पाउँदा विद्यार्थीहरू र आफू निकै खुशी भएको बताए।

प्रतिक्रिया

सम्बन्धित