अफगानिस्तानमा मारिएका नेपालीको शव नेपाल आइपुग्यो, २४ जना कामदार पनि स्वदेश फर्किए

kabulकाठमाडौं : अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा मृत्यु भएका १२ नेपालीको शव बुधबार अपरान्ह काठमाडौं ल्याइपु¥याइएको छ । १२ वटा शब विमानस्थलमा ल्याइपु¥याउँदा सिंगै देश नै भावह्विल बनेको थियो । वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुगेका १२ नेपाली तालिबानको आक्रमणमा मारिएको तीनदिनपछि उनीहरुको शब बाकसमा हालेर स्वदेश ल्याइएको हो । क्यानेडियन दूताबासमा सुरक्षागार्डका रुपमा कार्यरत उनीहरु ड्युटीमा जाने क्रममा आतंकवादी आक्रमणमा परेका थिए । घटनामा मारिएकाहरुको शव नेपाल सरकारले चार्टर विमान पठाएर नेपाल ल्याएको हो । मृतकको शव कफनमा राखिएको थियो भने बाहिर पासपोर्टको फोटोकपी टाँसिएको थियो । कमाउनका लागि विमान चढेर अफगान गएका आफन्तजन बाकसमा कैद बनेर फर्किदा परिवार र आफन्तले आफूलाई थाम्न सकेनन् । कोही बाकसमा टाँसिएको तस्वीर सुमसुम्याइरहेका देखिन्थे भने कोही त्यही बाकसलाई आगालो हालेर डाँको छोडिरहेका थिए । विमानस्थलमा आफन्तको रुवाबासी चलेको थियो । चार महिने छोरा काखमा बोकेकी सञ्चिता लामा पनि पति जितेन्द्रसिंह कार्कीको शव बुझ्न विमानस्थल पुगेकी थिइन् । यो शोकको घडीमा विमानस्थलमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र गृहमन्त्रीसमेत उपस्थित थिए । मृतकहरुप्रति श्रद्धाञ्जली दिन प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत लगायत विमानस्थल पुगेका थिए । सोही विमानमा अफगानिस्तानमा कार्यरत २४ जना नेपाली पनि स्वदेश फर्किएका छन् । उक्त घटनामा घाइते भएका पाँच जनालाई भने उपचारका लागि नयाँ दिल्ली पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित