भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो
काठमाडौं।
बुद्ध एयरको जहाज सोमबार ठूलो दुर्घटनाबाट जोगिएको छ। निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी बुद्ध एयरको काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको जहाज बीच बाटोमा पुगेपछि एउटा इन्जिनमा फ्लेम आउट ९आगो देखिनु० भएपछि आपत्कालीन रुपमा त्रिभुवन विमानस्थलमा फर्काइएको हो । विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको हो । विमान ११ः१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । काठमाडौंबाट १०ः३८ मा उडेको विमानलाई अवतरण गराउनका लागि त्रिभुवन विमानस्थलमा इमर्जेन्सीसमेत घोषणा गरिएको थियो ।
नेपाल नागरिक उड्ययन प्राधिकरण, त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्ध जगन्नाथ निरौलाका अनुसार उक्त जहाज काठमाडौंदेखि ४३ नटिकल माइल पूर्व पुग्दा बायाँ इन्जिनमा फ्लेम आउट हुन पुगेको थियो । त्यसपछि उक्त जहाज सिंगल इन्जिन हुँदा आपत्कालीन अवस्था घोषणा गरी काठमाडौंतर्फ फर्काइएको हो ।

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै
कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
प्रतिक्रिया