रिडभान एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियममा
काठमाडौ।
रिडभान एकेडेमीका शिक्षक तथा विद्यार्थीहरुले चन्द्रागिरी थ्री डी म्युजियम पार्कको अवलोकन भ्रमण गरेका छन् ।
ललितपुरको गोदावरीमा रहेको यस एकेडेमीका शिक्षक तथा विद्यार्थीहरूले चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी थ्री डी आर्ट म्युजियम र थानकोट पार्कको शैक्षिक भ्रमण गरेका छन् ।
विद्यालयका शिक्षक मनिष खड्काको नेतृत्वमा गएको शिक्षक तथा विद्यार्थीहरूको समूहले सोमबार म्युजियममा शैक्षिक भ्रमण गरेको हो ।
अवलोकन पश्चात् खड्काले म्युजियम विद्यार्थीहरूका लागिसिक्ने नयाँ स्थान भएको बताए। निकै कलात्मक रहेको यस थ्री डी म्युजियम अवलोकन भ्रमण निकै रमाइलो भएको उनको भनाइ थियो ।
थ्री डी आर्ट म्युजियममा उनीहरूले चित्रकलाका बारेमा जानकारी समेत लिएका थिए ।
पछिल्लो समय म्युजियममा विद्यार्थीहरू तथा पारिवारिक र कर्पोरेट घुमघाम समेत हुँदै आएको छ । हालैमात्र म्युजियमले आइएमइ पे वालेटबाटै म्युजियमको टिकट लिन सकिने समेत व्यवस्था गरेको छ।
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै
कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
प्रतिक्रिया