नक्कली नेता पक्राउ, नक्कली प्रहरी पनि फन्दामा

nakkaliploकाठमाडौं । अहिले नक्कली शब्दको चर्चा जताततै सुन्न पाईन्छ भने देशैभरीबाट नक्कली डाक्टर पक्राउ पर्ने क्रम जारी छ । केन्द्रिय अनुसन्धान  ब्युरो ( सिअाइबी ) ले नक्कली डाक्टर पक्राउ गरी चर्चा कमाइरहेको बेला  महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नक्कली नेता पक्राउ गरेको छ । आफूलाई नेपाली कांग्रेसको केन्द्रीय सदस्य भनेर चिनाउने नक्कली नेता ३९ वर्षीय राजु उप्रेतीलाई महाशाखाको टोलीले मंगलबार काठमाडौंको कालिमाटीबाट पक्राउ गरेको हो ।

  उप्रेतीले राजधानीमा ठगी समेत गर्दै आएको खुलासा भएको छ ।  डाँका मुद्दामा कारागारमा रहेकाहरुलाई छुटाइदिन्छु भन्दै उप्रेतीले लाखौं रुपैयाँ ठगी गरेको पत्ता लागेको छ ।  नक्कली नेता उप्रेतीले केन्द्रीय कारागारमा रहेका बाग्लुङका थमप्रसाद पुन, कृष्ण सलामी, जाजरकोटका विकास रोकायसहितका ५ जनाबाट ५ लाख ५० हजार रकम असुलेका थिए ।

  आफू कांग्रेसको केन्द्रीय सदस्य रहेको र जेलमुक्त गराइदिने भन्दै लाखौं रकम ठगी गरेपछि उनी महाशाखाको फन्दामा परेका हुन। थुनामा रहेका ५ जना सबै प्रक्रिया पुर्याएर मुक्त भएर  प्रहरीमा आएर उजुरी दिएपछि उप्रेती पक्राउ परेक हुन  । पक्राउ परेका उप्रेतीलाई थप कारवाहीका लागि महानगरीय प्रहरी परीसर काठमाडौं पठाइएको छ ।

  त्यस्तै,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यलयमा कार्यरत प्रहरी हवल्दार भिमसेन वस्नेतले शुरु नियुक्ति प्रयोजनको लागि पेश गरेको एसएलसी तह उत्तिर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवं झुट्टा देखिन आएको ठहर गर्दै मुद्दा चलाएको छ । वस्नेत उपर साविक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १२ र २९९२० तथा प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ ९१० बमोजिम हदैसम्मको दण्ड सजाय हुन मागदावी लिई अख्तियारले  विशेष अदालत काठमाण्डौंमा आरोपपत्र दायर गरेको जनाएको छ  ।

प्रतिक्रिया

सम्बन्धित